झलारीमा हुने नेकपा कञ्चनपुरको पार्टी एकता सन्देश सभाको तयारी पुरा
महेन्द्रनगर – नेपाली कम्युनिष्ट पार्टी(नेकपा) कञ्चनपुरले सोमबार झलारीमा पार्टी एकता जिल्लास्तरीय सन्देश सभा आयोजना गर्न लागेको छ । शनिबार पार्टी एकताको सन्देश सभा आयोजनाको तयारी अन्तिम चरणमा पुगेको मुल परिचालन समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । झलारीस्थित खुला मञ्चमा हुने सभामा नेकपा नेताहरु भीम रावल, गिरीराजमणी पोखरेल, भानुभक्त जोशी र खगराज भट्टले सम्बोधन गर्ने पार्टी एकता सन्देश सभा मूल परिचालन समिति संयोजक लोकेन्द्र लमसालले जानकारी दिए । झलारीमा हुने पार्टी सन्देश सभामा अन्य दलहरुबाट नेता तथा कार्यकर्ताहरु प्रवेश गर्ने जानकारी दिईएको छ ।
पत्रकार सम्मेलनमा नेकपा नेता प्रकाश रावलले प्रेस वक्तव्य वाचन गरेका थिए । उनले बाचन गरेको प्रेस बक्तव्यमा सरकारले फागुन २१ गते हुने निर्वाचनमा राजनीतिक दल र जनतालाई भयरहित रुपमा सहभागी हुने वातावरण बनाउनु पर्नेमा जोड दिएको छ । पार्टी एकता जि...




















