
बेलौरीका जेनजी समुहद्धारा करार कर्मचारी बर्खास्त गर्ने लगायतका ६ बुदे मागसहित सिडियोलाई ज्ञापन पत्र
महेन्द्रनगर : कञ्चनपुर जिल्लाको बेलौरीका जेनजी समुहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएका छन् । बिहीबार जेनजी समुहले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई ६ बुदे मागसहित ज्ञापन पत्र बुझाएको होे । जेनजी बेलौरीका सयोजक केशव कुमार बोहराले सुशासन, भ्रष्टाचार बिरुद्धमा निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएपनि बेलौरी नगरपालिकाले चासो नदिएपछि जिल्ला प्रशासनलाई गुहार गरेको बताए ।
उनका अनुसार ८ बर्षदेखि भारतीय पक्षले बेलौरी नगरपालिका ८ पचुई स्थित अबरुद्ध हुलाकी सडक शुचारु गरिदिनुपर्ने, पहुँचका आधारमा नगरपालिकामा भर्ना गरिएका कर्मचारी हटाउनुपर्ने, कर्मचारीको विवरण माग, जेनजी चोक स्थापना, मुलगेटमा निरन्तर आन्दोलन गर्ने, कर्मचारीलाई कार्यालय प्रवेश रोक लगाउने लगायतका सुशासनदेखि भ्रष्टाचार बिरुद्धमा मुद्दा अघि सारेका छन ।
विवादित कर्मचारीहरुलाई नगरपालिकाले उल्टै सरक्षण ग...