Advertisement

प्रहरी दिवसको पुर्व सन्ध्यामा कुटिए प्रहरी इन्चार्ज

महेन्द्रनगर–आज ७०औ प्रहरी दिवस । नेपाल प्रहरीले विभिन्न जिल्ला तथा प्रधान कार्यालय काठमाण्डौमा धुमधामसंग दिवस मनाईरहको छ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा पनि प्रहरी दिवस धुमधामसंग मनाईदै छ । तर यतिबेला जिल्ला प्रहरी कार्यालयकै मातहतमा रहेको ब्रह्मदेव प्रहरी चौकी ईन्चार्ज एवं प्रहरी नायव निरीक्षक देवेन्द्र बहादुर चन्दमाथि कुटपिट घट्नाको भिडियो बाहिर आएको छ । बिहिबार राति भीमदत्त नगरपालिका वडा नं.९ ब्रह्मदेव बजारबाट महेन्द्रनगर हुदै डडेल्धुराको जोगबुडा जाने बोलेरा जिपलाई सिट क्षमताभन्दा बढि यात्रु राखेको विषयमा विवाद हुदा यात्रु र चालकले ईन्चार्ज चन्दलाई कुटपिट गरेको हुन् । ब्रम्हदेब प्रहरी चौकी इन्चार्ज सई चन्दले बोलेरो जिपमा क्षमताभन्दा बढी यात्रु र सामान ओसारिरहेका चालक रमेश धामीसँग किन जोखिम मोलेर यात्रा गरिरहेको ? भन्ने प्रश्न गरेपछि उनीहरु आफुमाथि खनिएर कुटपिट गरेको बताएका छन् ।
सई चन्दमाथि कुटपिट गर्ने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । तर चालक भने फरार रहेका छन् । तेज बहादुर बोहरा र भरत जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले उनीहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी रहेको बताए ।
यात्रु र चालकको कुटाइबाट घाइते भएका सई चन्द महाकाली अस्पतालमा उपचारपछि रातीनै डिस्चार्ज भएका छन् । सई चन्दमाथि यसअघि पनि तस्कर व्यवसायीको समुहबाट पैसा असुलेको आरोप लागेका थियो । स्वतन्त्ररुपमा आरोप पुष्टि हुन सकेको छैन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज