महेन्द्रनगर–आज ७०औ प्रहरी दिवस । नेपाल प्रहरीले विभिन्न जिल्ला तथा प्रधान कार्यालय काठमाण्डौमा धुमधामसंग दिवस मनाईरहको छ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा पनि प्रहरी दिवस धुमधामसंग मनाईदै छ । तर यतिबेला जिल्ला प्रहरी कार्यालयकै मातहतमा रहेको ब्रह्मदेव प्रहरी चौकी ईन्चार्ज एवं प्रहरी नायव निरीक्षक देवेन्द्र बहादुर चन्दमाथि कुटपिट घट्नाको भिडियो बाहिर आएको छ । बिहिबार राति भीमदत्त नगरपालिका वडा नं.९ ब्रह्मदेव बजारबाट महेन्द्रनगर हुदै डडेल्धुराको जोगबुडा जाने बोलेरा जिपलाई सिट क्षमताभन्दा बढि यात्रु राखेको विषयमा विवाद हुदा यात्रु र चालकले ईन्चार्ज चन्दलाई कुटपिट गरेको हुन् । ब्रम्हदेब प्रहरी चौकी इन्चार्ज सई चन्दले बोलेरो जिपमा क्षमताभन्दा बढी यात्रु र सामान ओसारिरहेका चालक रमेश धामीसँग किन जोखिम मोलेर यात्रा गरिरहेको ? भन्ने प्रश्न गरेपछि उनीहरु आफुमाथि खनिएर कुटपिट गरेको बताएका छन् ।
सई चन्दमाथि कुटपिट गर्ने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । तर चालक भने फरार रहेका छन् । तेज बहादुर बोहरा र भरत जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले उनीहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी रहेको बताए ।
यात्रु र चालकको कुटाइबाट घाइते भएका सई चन्द महाकाली अस्पतालमा उपचारपछि रातीनै डिस्चार्ज भएका छन् । सई चन्दमाथि यसअघि पनि तस्कर व्यवसायीको समुहबाट पैसा असुलेको आरोप लागेका थियो । स्वतन्त्ररुपमा आरोप पुष्टि हुन सकेको छैन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।