महेन्द्रनगर–कञ्चनपुकर जिल्लाको बेलौरी नगरपालिका वडा नं. २ खैरेनीबाट भन्सार छलीको सामान बरामद गरीएको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत रहेको प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरी टोलीले अन्दाजी रु १२ हजार ८ सय बरावरको मोटरसाईकल पार्टपूर्जा, स्पाईट जुसलगायतका सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त समान बेवारीसे अवस्थामा प्रहरीको गस्ती टोलीले बरामद गरी कानुनी कारवाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएपि सागर बोहराले बताए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।