Advertisement

मेधावी सेकण्डरी स्कूलका विद्यार्थीद्धारा कैलालीमा फिल्ड भिजिट

Advertisement
महेन्द्रनगरमेधावी सेकण्डरी स्कूल महेन्द्रनगरका विद्यार्थीहरुले कैलालीमा फिल्ड भिजिट अर्थात एकदिने अध्ययन भ्रमण गरेका छन् । महेन्द्रनगकै उत्कृष्ट स्कूल मेधावी सेकण्डरीले शनिबार कक्षा ८ र ९ का विद्यार्थीहरुलाई कैलालीको गोदावरी नगरपालिकास्थित फोहर मैला व्यवस्थापन केन्द्रमा अध्ययन भ्रमण गराएको हो। अध्ययन भ्रमणको क्रममा फोहर मैला व्यवस्थापन केन्द्रको निर्माणको जिम्मा पाएको भागेश्वर कन्स्ट्रक्सनका कन्ट्याक्ट म्यानेजर इन्जिनियर अशोक पाण्डेले दुई सिफ्टमा फोहर मैला संकलनदेखि केन्द्रमा प्रशोधन प्रक्रियाबारे विद्यार्थीहरुलाई जानकारी दिएका थिए।
उनले केन्द्रमा पालिकाभित्रबाट संकलित फोहरलाई विभिन्न प्रकारको प्रोसेसिङ मार्फत मल उत्पादन गरिनेदेखि कामै नलाग्ने फोहरलाई डम्पिङ गरिनुका साथै रियुज गर्न सकिने फोहरलाई कवाडको रुपमा बिक्रि गरी आय आर्जन गर्न सकिने सम्मको जानकारी दिएका थिए । उनले केन्द्रमा मेडिकलजन्य फोहर बाहेक सबै प्रकारको फोहर व्यवस्थापन गरीरहेको विद्यार्थीहरुलाइ जानकारी दिए ।
फोहर व्यवस्थापन केन्द्रमा फोहर के कसरी व्यवस्थापन हुन्छ भन्नेबारे प्रत्यक्षरुपमा अध्ययन गरेको अवलोकनमा सहभागि कक्षा ९ मा अध्ययनरत विद्यार्थी नेहा अवस्थीले बताईन । त्यसैगरी अवलोकनमा सहभागि कक्षा ९ मै अध्ययनरत विद्यार्थी अंकित महराले फोहर व्यवस्थापनबाट बातावरण संरक्षण कसरी गर्न सकिन्छ ?भन्नेबारे जानकारी लिएको बताए । केन्द्रमा आएर प्रत्यक्षरुपमा के कसरी फोहरलाई विभाजन गरीने रहेछ भन्नेबारे जानकारी लिनुका साथै मल उत्पादन गरी बजारमा विक्रिवितरण के कसरी भईरहेको जानकारी पाएको उनले बताए । घरैबाट फोहर उत्पादकले कुहिने र नकुहने गरी छुट्याएर दिएको खण्डमा फोहर व्यवस्थापनमा एकदमै सहज हुने लगायत कुरा प्रत्यक्षरुपमा अवलोकन गर्न पाएको उनले बताए ।
फोहर व्यवस्थापन केन्द्रको अवलोकपछि मेधावी सेकण्डरी स्कूलका विद्यार्थीहरुले उक्त केन्द्रमा फोहर व्यवस्थापनको बारेमा प्रत्यक्षरुपमा अध्ययन गर्न पाएको विद्यार्थीहरुलाई अवलोकन भ्रमणको क्रममा कक्षा शिक्षककोरुपमा रहेका शिक्षक शिवम बस्नेतले बताए । उनले विद्यार्थीको सिकाई तथा अध्ययन घोकन्ते भन्दा पनि प्राक्टीकलीरुपमा हुनुपर्ने जोड दिए ।
फोहर विभिन्न प्रकारको हुने भएकाले यसलाई घरबाटै व्यवस्थापन गर्न सकेको खण्डमा फोहरबाट मोहर बनाउनमा सहयोग पुग्ने अपेक्षासहित विद्यार्थीहरुलाई अध्ययन भ्रमण गराईएको मेधावी सेकण्डरी स्कूलका एमडि महाशर्मा न्यौपानेले बताए । महेन्द्रनगरको बसोबास बाक्लिदै गएको अवस्थामा विद्याथीहरुले फोहरमैला व्यवस्थापन केन्द्रको अवलोकनबाट भोलीको दिनमा कुहिने र नकुहिने फोहरलाई अलग सक्ने ज्ञान पाउदा समाजको स्वस्छ बातावरण निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा रहेको उनले बताए । उनले विद्यार्थीहरुलाई अवलोकन अवसर दिएकोमा कन्ट्याक्टर दिनेश मल्लसहित सम्पूर्ण टिमलाई धन्यवाद दिए ।
उक्त फोहरमैला व्यवस्थापन केन्द्र २०२२ जुलाई १८ मा निर्माण सम्झौता भई २०२५ अगष्ट १ बाट संञ्चालनमा आएको हो । फोहर मैला व्यवस्थापन केन्द्रले सयौको संख्यामा रोजगारी सृजर्ना लगायत स्थानीय तहको आन्तरीक आयमा उल्लेख्य टेवा पु¥याउनका साथै बातावरणलाई स्वस्छ राख्न सहयोग पुगेको छ ।

 

मेधावी सेकण्डरी स्कूलले विद्यार्थीहरुलाई कितावि ज्ञानभन्दा पनि प्रयोगात्मक सिकाईमा बढि महत्व दिने गरेको छ । जसका कारण सधैजसो विद्यार्थीहरुलाई फिल्डभिजिट गराउदै आएको छ । अध्ययन भ्रमणमा शिक्षक धन बहादुर बुढा, शिक्षिकाहरु नानुमाया शाहि, विन्दु एडि र हेमा रावत सहयोगीको रुपमा रहेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रहरी दिवसको पुर्व सन्ध्यामा कुटिए प्रहरी इन्चार्ज

प्रहरी दिवसको पुर्व सन्ध्यामा कुटिए प्रहरी इन्चार्ज

महेन्द्रनगर–आज ७०औ प्रहरी दिवस । नेपाल प्रहरीले विभिन्न जिल्ला तथा प्रधान कार्यालय काठमाण्डौमा धुमधामसंग दिवस मनाईरहको छ । कञ्चनपु...
अन्दाजी १२ हजार मूल्य बरावरको मोटरसाईकलका पार्टपूर्जा प्रहरी चौकी टेडुवाको नियन्त्रणमा

अन्दाजी १२ हजार मूल्य बरावरको मोटरसाईकलका पार्टपूर्जा प्रहरी चौकी टेडुवाको नियन्त्रणमा

महेन्द्रनगर–कञ्चनपुकर जिल्लाको बेलौरी नगरपालिका वडा नं. २ खैरेनीबाट भन्सार छलीको सामान बरामद गरीएको छ । बिहिबार जिल्ला प्रहरी कार्...
बिपिन जोशीको घरपरिवार आशाबादी

बिपिन जोशीको घरपरिवार आशाबादी

महेन्द्रनगर - दुई वर्षदेखि हमास समूहको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे इजरायली अधिकारीलाई उदृत गर्दै इजराय...
मेधावी सेकण्डरी स्कूलका विद्यार्थीद्धारा कैलालीमा फिल्ड भिजिट

मेधावी सेकण्डरी स्कूलका विद्यार्थीद्धारा कैलालीमा फिल्ड भिजिट

महेन्द्रनगर–मेधावी सेकण्डरी स्कूल महेन्द्रनगरका विद्यार्थीहरुले कैलालीमा फिल्ड भिजिट अर्थात एकदिने अध्ययन भ्रमण गरेका छन् । महेन्द...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

महेन्द्रनगर - कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा हो...
बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

दिनेश चौधरी, महेन्द्रनगर - कञ्चनपुरको बेलौरी नगरपालिकामा विभिन्न जेनजी समुहका युवाहरुले थरीथरीका माग अघि सार्दै ज्ञापन पत्र बुझाउन...
‘नेपालको जेन(जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

‘नेपालको जेन(जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

काठमाण्डौ – नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा करिब ३४ प्रतिशत नक्कली सामाजिक सञ्जाल खाता प्रयोग भएको एक अनुसन्धानले नि...
बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

काठमाण्डौ–एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
VIRAL88
GORI77
WINSTRIKE69
CLAN4D
VIRAL88
VIRAL88
PAKONG86
LINABET69
KAPTENJACKPOT
GORI77
GORI77
GORI77
VIRAL4D
BOOSTERJP
GORI77
GORI77
GORI77
VIRAL88
VIRAL88
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
VIRAL4D
VIRAL88
WINSTRIKE69
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
CLAN4D
WINSTRIKE69
WINSTRIKE69
winstrike69
SAMSONBET86
WINSTRIKE69
winstreak 69
winstreak69
winstrik69
winstrike 69
winstreak 69 login
WINSTRIKE69
LINABET69
LINABET69
WINSTRIKE69
superjp
jagoan86
boosterjp
gori77
gori77
boosterjp
winstrike69
boosterjp
boosterjp
pakong86
kaptenjackpot
superjp
winstrike69
winstrike69
winstrike69
winstrike69
jagoan86
dinamit4d
dinamit4d
dinamit4d
samsonbet86
kaptenjackpot
gori77
kaptenjackpot
superjp
pakong86