महेन्द्रनगर – दुई वर्षदेखि हमास समूहको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे इजरायली अधिकारीलाई उदृत गर्दै इजरायली राजदूत धनप्रसाद पण्डितले जोशीको घरपरिवारलाई जीवित भएको प्रमाण फेला नपरेको जानकारी गराएका छन् ।
उक्त खबरले कञ्चनपुरको भीमदत्त नगरपालिका– ३, महेन्द्रनगर बिचपुरी टोलमा सन्नाटा छाएको छ । सोमबार बिहान इजरायली सरकारले नेपाली राजदुतावास र परिवारलाई भिडियो कलमार्फत दिएको सूचनामा परिवार अझै विश्वस्त नभएता पनि अन्योलमा परेको छ । विपिनका ठुलोबुबाका छोरा(दाजु) किशोरका अनुसार नेपाली विद्यार्थी विपिनको घरपरिवार एकातिर अन्योलमा छ भने अर्कातिर अझै आशावादी रहेको छ ।
हमास समुहले सोमबार २० कैदीबन्दीसँगै विपिन जोशी पनि रिहा गर्ने आशामा परिवार थियो । तर, विपिन बारे आएको पछिल्लो खबरले अमेरिकामा रहेकी विपिन जोशीको बहिनी पुष्पा, आमा पद्मा र नेपाल(घर)मै रहेका बाबु महानन्दमाथि थप मानसिक पीडा थपिएको छ ।
विपिनका दाजु किशोरले आफूलाई विपिन जीवितै रहेको आत्मविश्वास रहेको बताए । इजरायली अधिकारीले राजदूत पण्डित तथा विपिनका आमा र बहिनी तथा किशोरलाई भर्चुअल अर्थात् भिडियोमार्फत विपिन जीवितको सूचीमा नभएको जानकारी दिएका थिए । ‘आशा छ, उनलाई जीवित भेट्न पाउनेछौ,’ उनले भने, ‘यत्रो दुई वर्ष त कुरियो, सबै बन्दी रिहा नहुँदासम्म यो अपूर्ण खबरमा विश्वास छैन ।’
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।