Advertisement

बिपिन जोशीको घरपरिवार आशाबादी

महेन्द्रनगर – दुई वर्षदेखि हमास समूहको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे इजरायली अधिकारीलाई उदृत गर्दै इजरायली राजदूत धनप्रसाद पण्डितले जोशीको घरपरिवारलाई जीवित भएको प्रमाण फेला नपरेको जानकारी गराएका छन् ।
उक्त खबरले कञ्चनपुरको भीमदत्त नगरपालिका– ३, महेन्द्रनगर बिचपुरी टोलमा सन्नाटा छाएको छ । सोमबार बिहान इजरायली सरकारले नेपाली राजदुतावास र परिवारलाई भिडियो कलमार्फत दिएको सूचनामा परिवार अझै विश्वस्त नभएता पनि अन्योलमा परेको छ । विपिनका ठुलोबुबाका छोरा(दाजु) किशोरका अनुसार नेपाली विद्यार्थी विपिनको घरपरिवार एकातिर अन्योलमा छ भने अर्कातिर अझै आशावादी रहेको छ ।

हमास समुहले सोमबार २० कैदीबन्दीसँगै विपिन जोशी पनि रिहा गर्ने आशामा परिवार थियो । तर,  विपिन बारे आएको पछिल्लो खबरले अमेरिकामा रहेकी विपिन जोशीको बहिनी पुष्पा, आमा पद्मा र नेपाल(घर)मै रहेका बाबु महानन्दमाथि थप मानसिक पीडा थपिएको छ ।
विपिनका दाजु किशोरले आफूलाई विपिन जीवितै रहेको आत्मविश्वास रहेको बताए । इजरायली अधिकारीले राजदूत पण्डित तथा विपिनका आमा र बहिनी तथा किशोरलाई भर्चुअल अर्थात् भिडियोमार्फत विपिन जीवितको सूचीमा नभएको जानकारी दिएका थिए । ‘आशा छ, उनलाई जीवित भेट्न पाउनेछौ,’ उनले भने, ‘यत्रो दुई वर्ष त कुरियो, सबै बन्दी रिहा नहुँदासम्म यो अपूर्ण खबरमा विश्वास छैन ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज