नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराद्धारा ५ दिने निशुल्क आँखा शिविर
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ५ दिने निशुल्क आँखा शिविर सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय, च्यारेटी हेल्थ फाउण्डेशन आर्थिक सहयोग, धनगडी नेत्रालयको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराको आयोजनामा आज देखि दोधारा चाँदनी नगरपालिकामा ५ दिने निशुल्क आँखा शिविर संचालन गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६, ७, ८, ९ र १० सेवा क्षेत्र रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले ५ दिने आँखा शिविर संचालन गरेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । नेपाल रेडक्रस सोसाईटी उपशाखाले बिगत ४ वर्ष देखि यसै समयमा निशुल्क आँखा शिविर संचालन गर्दै आएको सभापती राजेन्द्र मल्लले बताउनुभयो । यस क्षेत्रमा आँखाका रोगीहरुको संख्या बढी भएको हुदा ...




















