Advertisement

Breaking News 2

कञ्चनपुरबाट प्रतिनिधिसभामा ७ जनाको प्रतिनिधित्व

कञ्चनपुरबाट प्रतिनिधिसभामा ७ जनाको प्रतिनिधित्व

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाबाट प्रतिनिधि सभामा ७ जनाले प्रतिनिधित्व गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार चार जना समानुपातिक प्रक्रियाबाट मनोनित भएसंगै प्रतिनिधि सभामा ७ जनाको प्रतिनिधित्व हुने भएको हो । आयोगका अनुसार प्रतिभा रावल, गीता चौधरी, निराशा चौधरी डगौरा र कृपाराम राना समानुपातिक प्रणालीअनुसार निर्वाचाचित भएका छन् । उनीहरुमध्य रास्वपाबाट प्रतिभा र गीता, एमालेबाट कृपाराम तथा नेकपाबाट निराशा रहेका छन् । तिन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरका तिन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारहरु विजयी भएका हुन् । जिल्लामा निर्वाचन क्षेत्र नं. १ बाट जनसिंह धामी, क्षेत्र नं. २मा दीपक बोहरा र क्षेत्र नं. ३मा ज्ञानेन्द्र महताले ऐतिहासिक जित निकालेका छन् ।...
पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।...
राना थारु संस्कृति र विद्यार्थीको सिर्जनशीलता झल्कियो वेस्टर्न पब्लिक एकेडेमीको फुडफेष्टमा

राना थारु संस्कृति र विद्यार्थीको सिर्जनशीलता झल्कियो वेस्टर्न पब्लिक एकेडेमीको फुडफेष्टमा

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – जिउडाल चिटिक्क मिलेको, चौधरी पोशाकमा सजिएकी एक किशोरी ‘ढीग्री खाने हो?’ भन्दै आगन्तुकलाई सोधिरहेकी थिइन्। थारु समुदायको लोकप्रिय परिकार ढीग्री चाख्न आग्रह गर्ने ती किशोरी भीमदत्त नगरपालिका–४ भागतपुरकी पुष्पा गुरुङ हुन्। कक्षा १२ मा होटल म्यानेजमेन्ट अध्ययनरत पुष्पालाई पहिलो नजरमा धेरैले थारु समुदायकी ठान्न सक्छन्। तर उनी गुरुङ समुदायकी हुन्। मंगलबार वेस्टर्न पब्लिक एकेडेमी महेन्द्रनगरले आयोजना गरेको फेष्ट–२०८२ मा स्वागत गेटबाट छ नम्बर स्टलमा चौधरी पोशाकमा सजिएका विद्यार्थीहरूको समूहले सबैको ध्यान तानेको थियो। त्यही समूहमा पुष्पा पनि थिइन्। पुष्पासँगै उनकी साथी आशिका चौधरी, कक्षा ९ मा अध्ययनरत आकाश चौधरीलगायत विद्यार्थीहरूले राना थारु संस्कृति, परिकार र रहनसहनको प्रचारप्रसार गर्ने उद्देश्यले राना थारु स्टल राखेका थिए। फुडफेष्टको अवसरलाई सदुपयोग गर्दै राना थ...
श्री मालिका पब्लिक एकेडेमीको चौथो बार्षिकोत्सव तथा अभिभाबक दिवस सम्पन्न

श्री मालिका पब्लिक एकेडेमीको चौथो बार्षिकोत्सव तथा अभिभाबक दिवस सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - श्री मालिक पब्लिक एकेडेमीले चौथो बार्षिकोत्सव तथा अभिभाबक दिवस मनाएको छ । एकेडेमीका सञ्चालक मोहन चौधरीको सभापतित्व एबं जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । त्यसैगरी विशिष्ठ अतिथिमा लालझाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुबेर बहादुर बम रहेका थिए भने अतिथिमा विभिन्न विद्यालयका प्रधानाध्यापक, संघ संस्थाका प्रमुख व्यक्तित्व रहेका थिए । कार्यक्रममा पत्रकार रनि विवस लगायतका अतिथिहरुले विद्यार्थीहरूलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका छन् । स्कूल प्रथम हुने दुई जना विद्यार्थीहरु  जीवन बुडाल र रोहन बिष्ट, द्वितीय हुने विशेषता न्यौपाने र तृतीय हुने विक्रम बमलाई सम्मान गरिएको छ । उनीहरूलाई प्रमुख अतिथि दुर्गादत्त बोहराद्वारा प्रमाण पत्र हस्तान्तरण गरिएको छ । त्यसैगरी अध्ययनमा कक्षागत तथा अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र त...
मर्निङ ग्लोरी सेकेन्डरी स्कूलले मनायो २० औं बार्षिकोत्सव तथा अभिभाबक दिवस

मर्निङ ग्लोरी सेकेन्डरी स्कूलले मनायो २० औं बार्षिकोत्सव तथा अभिभाबक दिवस

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - महेन्द्रनगरको प्रतिष्ठित विद्यालय मर्निङ ग्लोरी सेकेन्डरीले २०औं बार्षिकोत्सव तथा अभिभाबक दिवस मनाएको छ । आईतबार स्कुलले मायापार्टि प्लेसमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ बार्षिकोत्सव तथा अभिभाबक दिवस मनाएको हो । कार्यक्रमको सभापतित्व स्कूलका सञ्चालक समिति अध्यक्ष केशव बहादुर चन्द रहेका थिए भने प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी रहेका थिए । विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हालसम्म हासिल गरेका उपलब्धिहरू, वर्तमान शैक्षिक अवस्था तथा भावी योजनाहरूबारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथी बोगटीले विद्यार्थीहरूलाई शारीरिक, नैतिक र बौद्धिक रूपमा सक्षम बनाउन शिक्षाको दिगो विकास तथा गुणस्तरिय शिक्षा अति नै आवस्यक रहेको बताए । त्यसैगरी विभिन्न संस्थागत, सामुदायिक विद्यालयका प्रधानाध्यापक, प...
नेपाल डिजिटल युगमा प्रवेश: ‘हजुर AI’ सार्वजनिक, युवालाई सीधै कमाइको अवसर

नेपाल डिजिटल युगमा प्रवेश: ‘हजुर AI’ सार्वजनिक, युवालाई सीधै कमाइको अवसर

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
खेमराज भट्ट, काठमाडौ-नेपालको डिजिटल यात्रामा नयाँ सम्भावनाको उज्यालो झुल्किएको छ। स्वदेशमै विकास गरिएको, “नेपालीका लागि, नेपालीद्वारा निर्मित” डिजिटल प्लेटफर्म आगामी मार्च १, २०२६ देखि औपचारिक रूपमा सार्वजनिक हुने भएको छ। प्रविधिको तीव्र विकाससँगै विश्व डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको बेला नेपालले पनि आफ्नै पहिचानसहित डिजिटल आत्मनिर्भरता सुदृढ गर्ने दिशामा महत्वपूर्ण पाइला चालेको विश्लेषण गरिएको छ। स्वदेशी सोच, आधुनिक प्रविधि-डिजिटल साथी को अवधारणासहित प्रस्तुत गरिएको यस एपले प्रयोगकर्तालाई एउटै प्लेटफर्मबाट बहुविध सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। नेपाली भाषा र परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको यो एपले प्रविधिलाई आम जनतासँग जोड्ने विश्वास लिइएको छ। डिजिटल संसारमा विदेशी सोसल मिडिया र एपहरूको वर्चस्व बढिरहेका बेला आफ्नै माटोको प्लेटफर्म सार्वजनिक हुनु राष्ट्रिय स्वाभिमा...
डा दीपक प्रकाश भट्टको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय

डा दीपक प्रकाश भट्टको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - २०७४ सालको संघीय निर्वाचनमा कञ्चनपुर–३ बाट नेकपा एमालेका उम्मेदवार डा। दीपक प्रकाश भट्टले तत्कालीन महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारे । चुनावी प्रतिबद्धताअन्तर्गत उनले अस्पतालको भौतिक पूर्वाधार सुधार गर्दै विशेषज्ञ सेवा विस्तार गरी अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य सार्वजनिक गरेका थिए । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै संघीय संसदमा निर्वाचित भएपछि डा. भट्टको पहलमा महाकाली अस्पतालमा पूर्वाधार विस्तार, विशेषज्ञ चिकित्सक थप तथा सेवामा सुधार भयो । तर, शिक्षण अस्पतालको योजना भने कार्यान्वयनमा आउन सकेन । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः उम्मेदवार बनेका भट्टले यसपटक महाकाली अस्पताललाई देशकै पहिलो चिकित्सा विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा विकास गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । कैल...
एमाले प्रवेश गर्नेको लर्को

एमाले प्रवेश गर्नेको लर्को

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ । कञ्चनपुरमा शुक्रबार मात्रै ३२ भन्दा बढी स्थानीय विभिन्न दल परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् । भीमदत्त नरगपालिका–०९ स्थित ब्रह्मदेव बजारमा आयोजित चुनावी कार्यक्रममा पूर्व प्रहरी सहायक निरीक्षक विनोद पाल, पूर्व माओवादीका दशरथ गिरीसहित दीपक चन्द, सुरज नाथ, जगदीश नाथ, किसन कुँवर, राजु विष्ट, विशाल कार्की, लोकेश चन्द, राजेश चुनारा, महेश चुनारा, डम्बर बहादुर कार्की, सुरेश लुहार, रोशन खड्का, गणेश लुहार, देवी नाथ, मनोज पाल, हिरा राम कोली, सुरज धामी, अस्मीन कार्की, प्रकाश पाल, हरि सिंह कार्की, अनिल साउद, नरेश रावल, दामोदर सिंह, पार्वती कार्की, राजेश नाथ, शंकर राम भुल, नैन सिंह रावतलगायत एमाले प्रवेश गरेका हुन् ।   नवप्रवेशीहरूलाई एमाले कञ्चनपुरका जिल्ला इन्च...
जनताका दुःख पीडा बुझेका हर्क बहादुर ऐर साँसदको प्रतिस्पर्धामा

जनताका दुःख पीडा बुझेका हर्क बहादुर ऐर साँसदको प्रतिस्पर्धामा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - देशै भरी प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातेको छ । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लमा पनि चुनावि सरगर्मी बढेको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. ३मा प्रतिनिधि सभा सदस्यका १४ राजनितिक पार्टी र तिन स्वतन्त्र उमेदवार गरी १७ जना चुनावि प्रतिस्पर्धामा छन् । सबै उमेदवारका आ–आफ्नै गुण र विशेषता छन् । १७ जना उमेदवार मध्ये स्वतन्त्र उमेदवार हर्क बहादुर ऐरको पृष्ठमुभी फरकै छ । विस २०३० असार १० गते बैतडी जिल्लाको तत्कालीन डिलाशैनी गाविस ८ मा आमा हरुली देवि र पिता दल बहादुरका कोखमा जम्मेका हर्क बहादुर ऐर उमेरले ५२ बर्षका छन् । ६ दाजुभाईमध्ये उनी चौथा नम्बरका हुन । ५२ बर्षको उमेर पार गर्दै गर्दा उनीसंग ३० बर्ष सरकारी सेवामा रही देशका विभिन्न ठाँउमा नागरीक हरुसंगको सहकार्य, समन्वय र उनीहरुका समस्या नजिकबाट अनुभव छन् । हाल जिल्लाको भीमदत्त नगरपालिका वडा नं। १० तिलकेन...
जाली नोट पहिचानसम्बन्धी जनचेतनामूल कार्यक्रम सम्पन्न

जाली नोट पहिचानसम्बन्धी जनचेतनामूल कार्यक्रम सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर महेन्द्रनगरमा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । बिहिबार राष्ट्र बैक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामाा कञ्चनपुर जिल्लामा रहेका बैंक कर्मचारी, सुरक्षाकर्मी, बाणिज्य संकाय अध्ययन गर्ने विद्यार्थीहरु, व्यपारी र अन्य सरोकारवालाहरुसंग जाली नोट पहिचान कसरी गर्ने भन्ने विषयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरीएको हो । अनौपचारीकरुपमा संञ्चालन गरीएको सचेतना कार्यक्रममा नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका उप–निर्देशक झपेन्द्र बहादुर शाही, क्यसीयर एवं सहायक निर्देशक हरीलाल भट्ट,ले जाली नोट कस्तो हुन्छ ? कसरी चिन्ने ? भन्नेबारे प्रस्तुतिकरण गरेका छन् ।   कार्यक्रममा राष्ट्र बैंक धनगढीका सहायक निर्देशक हरीलाल भट्टले जाली नोट पहिचान गर्ने विधिको विषय सम्बन्धमा प्रस...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज