यस्तो छ, डा. दीपक प्रकास भट्टकाे “विकास रोडम्याप”
महेन्द्रनगर - नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार डा. दीपक प्रकाश भट्ट ले चुनावी अभियानलाई तीव्रता दिएका छन्। मंगलबार भीमदत्तमा मतदातासँगकाे भेटघाट कार्यक्रममा बाेल्दैँ उनले विगतमा सुरु भएका योजनालाई पूर्णता दिने बताए । उनले मतदातासँग सुदूरपश्चिमकै समृद्धिका लागि दीर्घकालीन विकास खाकाबारे स्पष्ट पारिरहेका छन् ।
उनले कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गरी आर्थिक गतिविधि विस्तार गर्ने र युवाका लागि रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरेका छन्। कैलालीको गेटामा रहेको देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने उनको याेजना छ।
त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा स्पोर्ट्स साइन्स, जलवायु विज्ञान र एआईलगायत नयाँ विषय सुरु गरी दक्ष जनशक्ति उत्पादन गर्ने व...




















