नयाँ खबर
महेन्द्रनगर – मेधावी सेकेन्डरी स्कुलले आयोजना गरेको विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने ५ जना विद्यार्थीहरूलाई पुरस्कार तथा मेडल प्रमाण पत्र प्रदान गरेको छ । मंगलबार मेधाबिले औपचारिक कार्यक्रमको आयोजना गरी विज्ञान प्रदर्शनीमा उत्कृष्ठ विद्यार्थीलाई ट्रफी, प्रमाण पत्र र पुरस्कार प्रदान गरेको हो ।

प्रथम हुने विद्यार्थी लाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार, तृतीय हुने विद्यार्थीलाई १ हजार र चौथो तथा पाँचौं हुने दुई जनालाई रु ५सयका दरले पुरस्कार प्रदान गरिएको विज्ञान प्रदर्शनी कार्यक्रमका संयोजक एबम् शिक्षक शिवम् बस्नेतले जानकारी दिए ।

प्रदर्शनीमा हाइड्रोजन ग्यास बनाउने विभूषित न्यौपाने प्रथम भएका छन् । स्मार्ट डस्टबिन निर्माण गर्ने विद्यार्थीहरू अंकित महरा, क्रिस्टिना चौधरी र रितेश चौधरी द्वितीय भएका छन् । सन् र मुन रोटेसन सम्बन्धी प्रस्तुत गरेका विद्यार्थी प्रशंसा, गरिमा साउद, लक्ष्मी कपाडी र अस्मिता चन्द तृतीय भएकी छन् । थ्रीडी होलोग्राम निर्माण गरी प्रदर्शन गर्ने रमित बोहरा र रितेश पालीले चौथो पुरस्कार पाएका छन् । भने पाँचौं पुरस्कार फाउन्टेन, रेन् डिडेक्टर प्रदर्शनी गर्ने अभिषेक भट्ट पाएका छन् ।

यही फागुन ७ गते सम्पन्न विज्ञान तथा कला प्रदर्शनीमा ५३ जना विद्यार्थीले भाग लिएका थिए भने ३९ स्टल राखिएका थिए । उक्त प्रदर्शनीको अभिभाबक तथा विद्यार्थीहरुले अवलोकन गरेका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।