निर्माण व्यवसायी संघको सहकोषाध्यक्षमा कार्की लड्दै, सबै व्यवसायीको प्रतिनिधि बन्ने संकल्प
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा निर्माण व्यवसायीहरुलाई चुनाव लागेको छ । आउदो शनिबार २१ भदौमा निर्माण व्यवसायी संघ कञ्चनपुरको नया कार्यसमिति चयन गर्न निर्वाचन कार्यतालिका रहेको छ । यसैक्रममा जिल्लाको दक्षिणी बेल्टका युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की पनि भोट माग्न व्यस्त रहेका छन् । संघमा उनी आफ्नो सिङ्गो टिम पुष्पराज अवस्थी नेतृत्वको प्यानल जिताउनका लागि मत मत मागिरहेका छन् ।
१४औ कार्यसमितिमा सानदार मतका साथ सदस्य पदमा जित हासिल गरेका कार्की जिल्लाकै चार पालिका रहेको दक्षिणी क्षेत्रकोे भुगोलबाट सघको पदाधिकारीमा एक्ला उमेदवार हुन् । युवा निर्माण व्यवसायीका पक्षमा लागेका पुष्पराज नेतृत्वको प्यानलबाट सहकोषाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका कार्की डेढ दशकदेखि निर्माण व्यवसायी क्षेत्रमा सकृय युवा निर्माण व्यवसायी हुन् । कार्की केदार निर्माण सेवा प्रालिमार्फत स्थानीय स्तरदेखि जिल्ला बाहिर स...




















