जेनजी आन्दोलन : सेनाद्धारा संयमता र राष्ट्रिय एकता कायम राख्न अपिल
काठमाण्डौ –नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै संयमता अपनाउन अपिल गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार ५ बजे जारी गरेको अपिलमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको गरीनुका साथै आन्दोलनका क्रममा घाइते भएका विरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरीएको छ । साथै सेनाले विद्यमान अवस्थालाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ ।
''देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो,'' सेनाको अपिलमा भनिएको छ, ''यस विषम परिस्थितिमा संयमित रहन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछौं।''
नेपाली सेनाले परिस्थितिको निरन्तर विश्लेषण भइरहेको पनि जनाएको छ । त्यसैगरी सेनाले राष्ट्र र ...




















