महेन्द्रनगर स्थीत भेटघाट चौतारीमा एक पुरुष आफ्नो फोटो झुण्डाएर बसेपछि …
महेन्द्रनगर – महेन्द्रनगरको मदनचोकस्थीत भेटघाट चौतारीमा आफ्नो फोटो झुण्डाएर ६६ बर्षिय खड्का थरका पुरुष डष्नामा बसेका छन् । त्यही व्यनरमा लेखिएको स्लोगनका माध्यमबाट उहाँ उक्त सडकमा आउजाउ गर्ने मानिसको ध्यान आफुतिर तान्न सफल छन् । जोकोहि पनि त्यहा ति व्यक्ति किन आफ्नो फोटो राखेर बसेका होलान् भन्ने कौतुहलका साथ हेर्छन र अनि व्यनरमा लेखिएको स्लोगन ‘विषादी जंगफुड दुव्र्यसन पिडित बालबालिकाको पोषिलो भोजनबाट पालनपोषण र विषादी रहित औषधीद्धारा उपचार गरी जीवन रक्षा गरीदिन अनसन तथा धर्ना कार्यक्रम’ सर्र पढिहाल्छन । कोही पढेर उहाँ नजिक गएर सोधिहाल्छन भने कोही सरासर बाटो तताउछन् ।
उहाँ कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं. ५ वनगाँउका राजु सिंह खड्का हुन् । उहाँ नेपालको संविधानको भाग तिनअन्तरगत धारा ३५मा उल्लेख गरीएको स्वास्थ्य सम्बन्धी हकका लागि आवाज उठाउने गर्नुहुन्छ । सरकारले आफु संग गरेका ...




















