Advertisement

मन्त्र अस्पतालमा नवजात तथा बालरोग विशेषज्ञ चिकित्सकद्धारा सेवा सुरु

महेन्द्रनगर–मन्त्र अस्पतालले नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सक सेवा शुरु गरेको छ । नबजात शिशु तथा बालरोग बिषेशज्ञ डा. रबि ढकाललाई भित्तयाएर मन्त्र अस्पतालले नवजात शिशु तथा बालरोग विषेशज्ञ चिकित्सक सेवा सुरु गरेको हो । डा. ढकालले कलेजो रोग सम्बन्धि बालबालिकाको उपचार शुरु गरेको जनाएको छ । स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा सेवा गरेको अनुभव डा. ढकालसंग रहेको मन्त्र अस्पतालले जनाएको छ ।

 

अस्पतालमा विशेषज्ञ र मेडिकल गरी १५ सहित ६५ जना दक्ष जनशक्तिले सेवा प्रदान गरीरहेका छन् ।
महिनामा मेजर र मुख्य शल्यक्रिया गरिने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. गोबिन्द रोकायाले बताउनुभयो । ओपिडिमा दैनिक ७५ देखि ८० जना सम्म आउने गरेको र एमर्जेन्सिमा २० जना जति सेवाग्राही आउने गरेका छन् । अस्पतालले हाडजोर्नी लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ । विभिन्न रोगको फुल टाईम र पार्ट टाइम डाक्टरहरु बाट सेवा दिने गरेको अस्पतालका मेडिकल डाईरेक्टर रोकायाले बताउनुभयो । अझै पनि जन अपेक्षाअनुसार सेवा प्रदान गर्न नसकेको भन्दै सेवाग्राहीको अपेक्षाअनुरुप निरन्तर सेवा प्रवाहमा थप सुविधामा जोड दिने उहाँले बताउनुभयो । अस्पतालले बैंक तथा वित्तिय संंघसंस्थाहरुका सदस्य तथा कर्मचारीहरुलाई ५ देखि २५ प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको छ ।

सामाजिक उत्तरदायित्व अनुसार विभिन्न सामाजिक कार्य लगायत खेलकुद प्रतियोगिताहरुमा प्राथमिक उपचारका लागि निशुल्क सेवा दिने गरेको छ । तीन बर्षदेखि स्वाथ्य सेवा प्रदान गर्दै आएको मन्त्रले हरेक बर्ष मुख्य सल्यकृयादेखि, समाजिक कार्य अन्र्तरगत गाँउ गाँउमा निःशुल्क स्वास्थ्य शिबिर, विभिन्न संघ संस्थासंग सम्झौता गरेर गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

महेन्द्रनगरमा यस अघि खोलिएका अस्पताल वर्ष दिन नपुग्दै बन्द भएका थिए । त्यसपछि निजी क्षेत्रका अस्पताल सञ्चालन हुन नसक्ने बलियो धारणा बनेको थियो । अस्पतालका निर्देशक रोकायालाई महेन्द्रनगरमा अस्पताल टिक्न नसक्ने धारणालाई चिर्न आफूहरुले अस्पताल खोलेको बताए । ‘महेन्द्रनगरमा ८ महिना भन्दा बढी हस्पिटल नचल्ने रहेछ भन्ने धारणा थियो’ उनले भने ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज