Advertisement

महेन्द्रनगरको सब्जीमण्डीमा विक्रिका लागि ल्याईएका दुई जना कृषकको काक्रा खान अयोग्य, भेटियो ५४ प्रतिशत विषादी

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको मुख्य बजार महेन्द्रनगरको सब्जीमण्डीमा विक्रिका लागि ल्याईएको दुई जना कृषकको काक्रा खान अयोग्य रहेको पाईएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ स्थीत रहेको सब्जीमण्डीमा मंगलबार बिक्रिकालागि ल्याईएका काक्रामध्ये पाच ओटा नमुना जाँच गरीएकोमा दुई जना कृषकको फर्मबाट लिईएको काक्रामा अत्याधिक विषादी प्रयोग गरीएको पाईएको हो । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई अत्तरिया, कैलालीको सहयोग र कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा सब्जीमण्डीमा विक्रिका लागि ल्याईएका तरकारी तथा फलफूलका १८ नमुना परीक्षण गरीएकोमा पाँच ओटा नमुना काक्राको रहेको र जसमध्ये दुई जना कृषकले उत्पादन गरेका काक्रामा अत्याधिक विषादीको मात्रा पाईएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले बताउनुभयो ।
विषादीको रोकावट ३५ प्रतिशत भन्दा कम छ भने उपयोग योग्य, ३५ देखिमाथि ४५ प्रतिशतसम्म छ भने केहि दिन राख्ने अनि पर्खिने र ४५ प्रतिशत भन्दा माथि छ भने सिधै विसर्जन गर्ने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई अत्तरियाले जनाएको छ ।

उनका अनुसार विभिन्न किसानले बारीबाट ल्याएका काँक्रो, काउली, भन्टा, भिडी, लौका, करेला, तरबूजा, रायो, सिमी, आलु लगायत १८ किसिमका बालीको नमूना लिएर परीक्षण गरिएको थियो । काँक्राका २ नमूनामा ५३ देखि ५४ प्रतिशतसम्म अर्गानोफस्फेट नामक विषादी रहेको पाईएकाले ति काक्रा उपभोग गर्न योग्य नभएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख सिजापतीले बताउनुभयो । विषादी भेटिएका किसानका तत्काल बिक्रीका लागि नल्याउन भनिएको उहाँले बताउनुभयो । बारीमा विषादीको परीक्षण समेत गरीने कार्यालय प्रमुख विष्टले बताउनुभयो ।

महेन्द्रनगर बाहेक अन्य क्षेत्रका विभिन्न प्रकारका तरकारी तथा फलफूलमा पनि विषादी हुनसक्ने आशंका गरीएको तर नियमित जाँचका लागि ल्याव तथा उपकरणको अभाव रहेको छ । परीक्षणबिना तरकारी तथा फलफूल उपभोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउनुका साथै विभिन्न प्रकारका क्यान्सर लाग्ने गर्दछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

महेन्द्रनगर - होली फेम्ली राष्टिय 'स्कूल लेभल च्याम्पियनशिप' को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा...
बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

महेन्द्रनगर– बैजनाथ आधारभूत विद्यालय बनकट्टीमा दुई दिने धार्मिक अनुष्ठान सम्पन्न भएको छ । आईतबार कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालि...
पेसवानको सामाजिक परीक्षण कार्यक्रम

पेसवानको सामाजिक परीक्षण कार्यक्रम

महेन्द्रनगर–गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)ले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको छ...
होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

महेन्द्रनगर- होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ अन्तरगत सोमबार होलीफेम्लि र बात्सल्या विद्या निकेतनविच फाईनल...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

महेन्द्रनगर – होली फेम्ली राष्ट्रिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप’ अन्तरगत समुह चरणका खेल सकिदा शनिबार अन्तिम चारमा पुग्ने सबै...
निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

धनगढी - सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। बाट पनि कोष ...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द,  महेन्द्रनगर नमुना र वात्सल्य विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द, महेन्द्रनगर नमुना र वात्सल्य विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्तरगत आज वर्षका कारण दुई खेल रद्द भएका छन्। भने महेन्द्र नमु...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी विजय भएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज