Advertisement

स्वस्तिक हस्पिटल र अमिटी कलेजबीच सम्झौता, उपचारमा छुटदेखि प्रयोगात्मक अभ्याससम्म

महेन्द्रनगर–कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र महेन्द्रनगरको अमिटी कलेजबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
स्वस्तिकका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारी र कलेजका प्रधानाध्यापक रवीन्द्र अवस्थीबीच भएको सम्झौतामा कलेजका कर्मचारी र विद्यार्थीलाई उपचारमा छुट सुविधादेखि कलेजमा सञ्चालनमा रहेको मेडिकल कोर्सका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासको अवसर प्रदान गर्ने उल्लेख छ ।
‘विद्यार्थीद्वारा अस्पतालमा स्थलगत अवलोकन, इन्टर्नशिप तथा अन्य किसिमका सिकाइहरूका लागि समन्वय गरिनेछ,’ सम्झौतामा उल्लेख छ, ‘अस्पताल प्रशासनबाट कलेजका विद्यार्थीहरूसँग सिकाइ कक्षा, अन्तक्र्रिया तथा गेस्ट लेक्चर लगायतका कार्यक्रममा गरिनेछन् ।’

अस्पतालले कलेजमा आवद्ध हरेक विद्यार्थी, कर्मचारी र विद्यार्थीका परिवारका सदस्यहरूलाई तोकिएबमोजिम छुट सुविधा दिने अध्यक्ष तिवारीले जानकारी दिए ।
अस्पतालमा २४ घण्टा आपतकालीन सेवा, सर्जिकल सुविधा, आईसीयू, भेन्टिलेटर, निजी क्याबिन, विशेषज्ञ चिकित्सा सेवा, सामान्य ज्वरो, रुघाखोकी, पाचन सम्बन्धी समस्या, उच्च रक्तचाप, सुगर, थाइराइड, ग्याष्ट्रिक, कलेजो तथा श्वासप्रश्वास सम्बन्धी उपचार, नियमित स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगहरूको व्यवस्थापन र परामर्श, शल्यक्रिया, स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, मूत्ररोग विशेषज्ञ, हाडजोर्नी रोग विशेषज्ञ, न्यूरो शल्यक्रिया, चर्मरोग तथा यौन रोग विशेषज्ञ, एनेस्थेसिया सघन उपचार लगायत सुविधा उपलब्ध छन् ।
नयाँ वर्षसँगै नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको अस्पतालले विभिन्न क्षेत्रका संघसंस्था र निकायसँग सहकार्य गर्ने नीति लिएको अध्यक्ष तिवारीले बताए । अस्पतालले सम्झौता गरेका संस्थाको परिचयपत्र वा सदस्यता कार्डका आधारमा छुट सुविधा प्रदान गर्ने जनाइएको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई अमिटी कलेजले स्नातक तहमा हेल्थ म्यानेजमेन्ट र बीबीए कोर्स अध्यापन गराउँदै आएको छ । कलेजमा ५३३ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज