Advertisement

मेगा बचत तथा ऋिण सहकारी संस्थाद्धारा सदस्य शिक्षा तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको प्रतिष्ठित सहकारी संस्था मेगा बचत तथा ऋिण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि सहकारी शिक्षा र उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार संस्थाले महेन्द्रनगरस्थीत ममताज पार्टिप्यालेसमा संस्थाका अध्यक्ष रघुनाथ ओझाको सभापतित्व तथा सहकारीका जेष्ठ तथा एकल महिला सदस्य पशुपति चन्दको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको समुद्धघाटन कार्यक्रमका प्रमुख अतिथि पशुपति चन्दले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पशुपति चन्दले उत्प्रेरणात्मक कार्यक्रमले शेयर सदस्यहरुलाई आलस्यता, बोरपना लगायतका समस्यालाई हटाएर उर्जावान सदस्य बन्न प्रेरणा मिल्नुका साथै सदस्यहरुको मनोवल बढ्ने बताउनुभयो ।

कार्यक्रममा पख्यात मोटिभेसनल स्पिकर योगी नवराज छमले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा दाधारा, ब्रह्मदेव, दैजीसहित महेन्द्रनगर सेवाकेन्द्रका कर्मचारी, बचतकर्ता, शेयर सदस्य लगायत पाँच सयबढिको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव सुनिल सेठिले गर्नुभएको थियो । भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रविन्द्र धामीले राखेका थिए । सहकारीका अध्यक्ष रघुनाथ ओझाले संस्थाको तर्फबाट मोटिभेसनल स्पिकर योगी नवराज छमलाई मायाको चिनो प्रदान गरेका थिए । सहकारी सस्थाले शुक्रबार मात्रै धनगढीमा सदस्यहरुलाई शिक्षा तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको थियो ।

२०७१ मा २५ जना शेयर सदस्य र ५२ हजार शेयर पूँजीबाट स्थापना भएको सहकारी संस्थामा १८ हजारबढि शेयर सदस्य एवं ७ करोड शेयर पूँजी पुगेको छ । सहकारीले हाल ब्रम्हदेब, दैजी, दोधाराचाँदनी, बेलौरी र कैलालीको धनगढी सेवाकेन्द्रबाट आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज