Advertisement

महेन्द्रनगर स्थीत भेटघाट चौतारीमा एक पुरुष आफ्नो फोटो झुण्डाएर बसेपछि …

महेन्द्रनगर – महेन्द्रनगरको मदनचोकस्थीत भेटघाट चौतारीमा आफ्नो फोटो झुण्डाएर ६६ बर्षिय खड्का थरका पुरुष डष्नामा बसेका छन् । त्यही व्यनरमा लेखिएको स्लोगनका माध्यमबाट उहाँ उक्त सडकमा आउजाउ गर्ने मानिसको ध्यान आफुतिर तान्न सफल छन् । जोकोहि पनि त्यहा ति व्यक्ति किन आफ्नो फोटो राखेर बसेका होलान् भन्ने कौतुहलका साथ हेर्छन र अनि व्यनरमा लेखिएको स्लोगन ‘विषादी जंगफुड दुव्र्यसन पिडित बालबालिकाको पोषिलो भोजनबाट पालनपोषण र विषादी रहित औषधीद्धारा उपचार गरी जीवन रक्षा गरीदिन अनसन तथा धर्ना कार्यक्रम’ सर्र पढिहाल्छन । कोही पढेर उहाँ नजिक गएर सोधिहाल्छन भने कोही सरासर बाटो तताउछन् ।

उहाँ कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं. ५ वनगाँउका राजु सिंह खड्का हुन् । उहाँ नेपालको संविधानको भाग तिनअन्तरगत धारा ३५मा उल्लेख गरीएको स्वास्थ्य सम्बन्धी हकका लागि आवाज उठाउने गर्नुहुन्छ । सरकारले आफु संग गरेका सम्झौता पुरा नगरेको भन्दै दोस्रो पटक अनसनमा बसेका उहा आफुलगायत आम नागरिकलाई सरकारले धोका दिएको बताउनुहुन्छ । ‘तीन तहका सरकारले आफ्नो प्रतिवद्धता अनुसार माग पूरा गरेनन्,’ अभियन्ता खडका भन्नुहुन्छ ‘एक बर्ष अघि तिनै तहका सरकारलाई बुझाएका माग मध्ये एउटा माग पनि पुरा गरेको छैन । माग पुरा नगर्दासम्म आन्दोलन जारी राख्छु ।’

खडकाले गत वर्ष लागु औषध पीडित बालबालिकाको उपचार, विषादी नियन्त्रण, देशका सबै युवालाई समान सुविधा प्रदान लगायतका विभिन्न मागहरु राख्दै लामो समय धर्ना र अनशन बसेका थिए । उनले तीनै तहका सरकारका निकायलाई आफ्ना मागहरु बुझाएका थिए ।

खड्काको धर्ना र अनशनपछि तिनै तहका सरकारले सात दिनभित्र माग पूरा गर्ने प्रतिद्धता गरेका थिए । तर एक वर्षसम्म प्रतिवद्धता पूरा नभएपछि खड्काले फेरि धर्ना बसेका हुन् । शनिबारदेखि मदनचोकमा उनी धर्ना बसेका छन् । पहिलो चरणमा धर्ना बसेका उहाँ सरकारले आफना माग सम्बोधन नगरे अनसन बस्ने सरकारलाई चेतावनी समेत दिएका छन् । आइतबार विहानदेखि उनी मदनचोकमा धर्ना बसेका छन । धर्नास्थलमा खडकाले सरकारसित राखेका विभिन्न माग समावेश गरिएका पम्पलेटहरु छन् । धर्ना स्थलमा आउने व्यक्तिलाई खडकाले आफ्ना मागको पम्पलेट बाड्ने गरेका छन् ।

खडका गत वर्ष भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका थिए । खड्काले विद्यालका बालबालिकाहरुको दिवा खाजा कार्यक्रममा पनि पौष्टिक हुनु पर्ने आवाजा उठाउँदै आएका छन् । उहाँ ०७४ सालदेखि विभिन्न माग राख्दै सरकारलाई दबाव दिँदै आएका छन् । ०७४ मा उनले विरामीहरुलाई जडीबुटी चिनाएर उपचार गर्ने कार्य सुरु गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज