मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा दोधारा चाँदनीमा जनचेतनामुलक कार्यक्रम
दोधारा । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८१ का अवसरमा माइती नेपालले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका निर्माधिन महाकाली पक्की पुल क्षेत्रमा माईती नेपाल कञ्चनपुरले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । मानव बेचबिखन बिरुद्धमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले घरदैलो कार्यक्रम समेत सम्पन्न गरेको हो । दोधारा चाँदनी नगरपालिकाको निमार्णधिन महाकाली पक्की पुल संगै नेपाल–भारत सिमा बस्ती आसपास क्षेत्रमा मानव बेचबिखन रोकथामका लागि घरदैलो, छलफल तथा पर्चा पम्पलेट कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।
दैनिक ठुलो मात्रामा आवागमन तथा भारत पस्ने महाकाली ४ लेनको पक्की पुल क्षेत्र हो । मानव बेच...




















