Advertisement

बाढीबाट बिस्तापित अझै बिद्यालयमा बास, नगरपालिकाले बिस्तापितको ब्यवस्थापन गर्ने

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनीका बाढीपिडितहरु अझै सम्म बिद्यालय आश्रय लिएर बस्दै आएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका वाढी पीडित अझै विद्यालयमा (आश्रय स्थल) लिएर बस्दै आएका छन् । जगबुडा नदी बस्तीमा उर्लिएपछि पटरा खल्लाका २७ परिवार विस्थापित भएका हुन् । बस्तीमा वाढी पसेपछि घर भित्र हिलाम्मे भएर घर क्षति देखि खेतबारी बालुवामा परिणत भएपछि उनीहरु घर फर्किन सकेका छैनन । विस्थापित परिवार अझै पनि नजिकैको जमुना आधारभूत विद्यालयमै बसेका छन । २७ परिवार मध्ये १६ परिवार विद्यालयमै आश्रय लिएर बसेका हुन । भने १० परिवार आफन्त र छिमेकीको घरमा बस्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि पटरा खल्लाका वाढी पीडित अझै घर फर्किने अवस्था नभएपछि बाध्य भएर विद्यालयमै बस्नु परेको बाढीपिडित मानमती गौर बताउनुभएको छ् । वाढीले घरमा भएको अन्न, रासनपानी सरसमान संगै बस्तुभाउ पनि बगाईदिएपछि उनिहरु रातीका बेला ज्यान जोगाउनै समस्या भएको उहाँले बताउनुभएको छ् ।

विस्थापित भएपछि नगरपालिका र बिभिन्न गैरसरकारी संस्थाहरुले राहत दिएको मानमती गौरको भनाई रहेको छ् । वाढी पीडित मानमती गौरले राती जगबुढा नदी बस्ती पसेपछि लालाबाला सहित जोखिम मोलेर उचो भागमा आएको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले पटरा खल्लाको बाढीबाट क्षती बनाएको भौतिक संरचनाको स्थालगत अनुगमन गर्नुभएको छ् । बाढीले प्रभावित भएका स्थानियहरुको अवस्था बुझ्न नगर प्रमुख लिम्बु पटरा खल्ला पुगेर स्थानियहरु संग भेट गर्नुभएको हो ।

पटराखल्ला नदीकै सतह संग समान उचाईमा रहेकाले हरेक बर्ष वाढीको चपेटामा पर्ने भएकाले एकीकृत नमुना बस्ती बनाएर उनीहरुको पुर्नस्थापना गर्ने योजनामा नगरपालिकाले सरोकारवालाहरु संग समन्वय तथा छलफल गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

वर्षायाममा हुने बाढीको चपेटाबाट स्थानियहरुको धनमाल तथा मानविय क्षतीलाई रोक्न हालको लागी जमुना आधारभुत बिद्यालयको अग्लो खाली रहेको जग्गामा हाललाई अस्थायीरुमा बाढीपिडितहरुको ब्यवस्थापन गर्ने तयारीमा नगरपालिका कार्यालय जुटेको उहाँको भनाई रहेको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज