Advertisement

बाढीले दोधारा चाँदनीका किसानहरुले लगाएको अन्नवालीमा ठुलो क्षती

पप्पु गुरुङ्ग, दोधारा । बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा करिब २ सय ६६ दशमलव २६ हेक्टरमा लगाईएको अन्नबाली नष्ट गरेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखा कार्यालयको तथ्यांकमा करिब २ सय ६६ दशमलव २६ हेक्टरमा किसानहरुले लगाएको अन्नबाली नष्ट भएको उल्लेख छ् । दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीले नगर क्षेत्रमा किसानहरुले लगाएको धान, मकै, दलहन वाली, उखु खेती, तरकारी खेतीमा ठुलो क्षती बनाएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखा कार्यालयका शाखा प्रमुख रघुनाथ भट्टले जानकारी दिनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा किसानहरुले लगाएको ३६ सय हेक्टर जग्गामा धान, मकै, दलहन वाली, उखु खेती, तरकारी खेती रहेको र त्यस मध्ये बाढीले करिब २ सय ६६ दशमलव २६ हेक्टर जग्गाको अन्नवाली नष्ट गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखा कार्यालयका शाखा प्रमुख रघुनाथ भट्टले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले सहयोगको लागी सबै ठाँउमा आह्वान गरेको उहाँले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका– ३, ६, ७, ८, ९ र १० वडाहरुमा बाढीले धेरै क्षति गरेको पूर्ण विवरण नगरपालिका कार्यालय विपद् शाखा कार्यालयको तथ्यांकमा समाहित भईसकेको छ् । किसानले घरमा भण्डारण गरेको खाद्यान्य र बीउ समेत बाढीले बगाएपछि बिचल्ली भएको छ् । यसपालि समयमा बीउ उपलब्ध हुन नसके हिउदे बालीलाई ठूलो समस्या हुने किसाानहरुले बताएका छन् ।

यसका लागि समयमै सरकारले पिडित किसानलाई बिशेष राहत दिनुपर्ने उनीहरुको भनाई रहेको छ् । बाढीबाट पीडित किसान यस वर्ष उत्पादनमा ठूलो हस आउनेमा चिन्तित छन् । सबैभन्दा बढी क्षति भएको वडाहरुमा वैकल्पिक खेतीका लागि योजना बनाउनु पर्ने जानकारहरुको भनाई रहेको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज