Advertisement

दोधारा चाँदनीका बाढी पिडितलाई युनिक सनराईज स्कुलको सहयोग

दोधारा । युनिक सनराईज ईग्लिस स्कुलले दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितहरुलाई लागी आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ् । युनिक सनराईज ईग्लिस स्कुलका प्रधानध्यापक, शिक्षकहरुले दोधारा चाँदनी नगरपालिका कार्यालयका पुगेर नगर प्रमुख किशोर कुमार लिम्बु तथा नगरपालिकाका कर्मचारीहरुलाई भेट गरि बिद्यालयका प्रधानध्यापक, शिक्षकहरुबाट संकलन गरिएको रु. ४० हजार नगद रकम नगर प्रमुख किशोर कुमार लिम्बुलाई हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका नगर प्रमुखको सचिवालयले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिकामा केही दिन अघि ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै आएको महाकाली नदी र जगबुडा नदीको बाढीले स्थानियहरुमा ठुलो धनमालको क्षती बनाएको भन्दै नगर क्षेत्रमा बसोवास गर्ने स्थानियहरुको सहयोगार्थ उक्त रकम नगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको युनिक सनराईज ईग्लिस स्कुलका प्रिन्सपल सुमित्रा खड्का लिम्बुले जानकारी दिनुभएको छ् । बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा थुप्रै स्थानियहरुको खेतीवाली, खाद्यान्न, भाडाकुडा, लत्ताकपडा बगाएर लगेको अवस्थामा आफ्नो बिद्यालयले केही गर्नु पर्छ भन्ने उद्धेश्यले सहयोग गरिएको प्रिन्सपल सुमित्रा खड्का लिम्बुले बताउनुभएको छ् ।

युनिक सनराईज ईग्लिस स्कुलका प्रिन्सपल सुमित्रा खड्का लिम्बु, शिक्षक सागर राना, उत्कर्ष जोशी, अर्जुन शर्मा, सुमित खड्का, राजेन्द्र साँउद, बिष्णा ओझा, हेमा बस्नेत, प्रियंका खड्का, प्रिया लिम्बु, सृजना चन्द, सन्तोषी उपाध्याय, सपना चन्द, शोभा सुनार लगाएतहरुबाट उक्त रकम संकलन गरिएको युनिक सनराईज ईग्लिस स्कुल दोधारा चाँदनीले जनाएको छ् ।

युनिक सनराईज ईग्लिस स्कुलबाट प्राप्त रकमलाई विपद् ब्यवस्थापन कोषामा जम्मा गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज