Advertisement

एनएनएसडब्ल्यूएद्वारा किसानहरुको उत्पादन बढाउनको निम्ती सिचाई मोटर बितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाअन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर १, २ र ५ मा रहेका भकुण्डा, दशरथबस्ती, गणेशबस्ती, रातोताल र उदरी समुदायमा सिचाईको समस्यालाई मध्यनजर गर्दै १० थान सिचाई मोटर वितरण गरिएको हो। पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम रोकाया, वडा नम्बर २ का वडा सदस्य ईश्वर थापा, कृषि विकास शाखा प्रमुख कर्णबहादुर शाही र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले संयुक्त रूपमा विपद् व्यवस्थापन समितिहरूलाई विद्युतीय कृषि मोटर हस्तान्तरण गर्नुभएको हो।
एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एमरेड परियोजनाले उखु खेति साथै बेमौसमी तरकारी खेतीलाई प्रवर्धन गर्दै आएको बताउनुभयो। उहाँले विपद्को जोखिममा रहेका किसानहरूको आयआर्जनमा वृद्धि गर्नुका साथै विपद् जोखिम न्यूनिकरणमा टेवा पुऱ्याउने उदेश्यले सामुदायिक विपद् व्यवस्थापन समितिको सिफारिसमा अगुवा किसानहरुलाई सिचाई मोटर वितरण गरिएको बताउनुभयो।
पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम रोकायाले एनएनएसडब्ल्यूएले साना किसानहरूका लागि कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि ठूलो योगदान पुऱ्याएको बताउनुभयो। उहाँले समुदायले पनि बोर र पाइप फिटिङ्गका कामहरूमा लगानी गरेकाले समुदायलाई सिचाईको लागि निकै सहज हुने बताउनुभयो।
आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले विशेषगरी कञ्चनपुर जिल्लास्थित दोदा नदि, सुनबरा र स्याली नदीबाट बाढी, कटान, तथा पटानको उच्च जोखिममा रहेका पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका ११ वटा समूदायमा प्राकृतिक विपद् तथा जलवायु परिवर्तनका कारण भौतिक, मानवीय तथा जीविकोपार्जनमा पर्ने क्षतिलाई कम गर्न समुदायकै अग्रसरतामा विपद् जोखिम न्यूनिकरणका क्रियाकलापहरू गर्दै आईरहेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज