Advertisement

दोधारा चाँदनीको पटरा खल्ला, शान्ती टोल र सुर्खेती टोल, बैतिफाँटा डुवानमा

दोधारा । अविरल वर्षा संग जगबुडा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका– ३ पटरा खल्लाका २७ घरपरिवार फेरि बिस्तापित भएका छन् । बस्तीमा पानी पस्न थालेपछि उनिहरु आफुलाई चाहिने अत्तिआवश्यक सामग्री लिएर नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा आश्रय लिएका छन् । गत असार २२, २३ र २४ गते आएको ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढीले पटरा खल्लामा ठुलो धनमालको क्षती बनाएको हो । घर आँगनमा पानी सुकेपछि आश्रय स्थलबाट घर फर्केका पटरा खल्लाका बाढीपिडितहरु फेरि आज जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बसेका छन् ।

यस्तै दोधारा चाँदनी नगरपालिका– १० शान्ती टोल, बैतिफाँटा, सुर्खेती लगाएत टोल डुवानमा परेपछि सो बस्तीका स्थानियहरुलाई अम्बिका माध्यमिक बिद्यालयमा सारिन थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । बिस्तापित भई आश्रय स्थलमा बसेकाहरुलाई स्थानिय सरकार र गैरसरकारी संस्थाले खान र बस्नको ब्यवस्था गर्ने भएको छ् ।

आज बिहानबाट बस्तीमा जगबुडा नदी र महाकाली नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानियहरुले आ–आफ्नो आवश्यक सामग्री लिएर सुरक्षित स्थानमा जान थालेका हुन् । दोधारा चाँदनी नगरपालिका– १० का स्थानियबासी गगन खत्रीका अनुसार वडा नं. १० को शान्ती टोल, बैतिफाँटा, सुर्खेती टोल लगाएत टोलहरुका झण्डै १ सय ५० बढी घरहरुमा नदीको पानी पसेको बताउनुभएको छ् ।

उहाँका अनुसार जगबुडा नदी र महाकाली नदीको बहाव अझै बढ्दै गईरहेको अवस्थामा स्थानिय सरकार र स्थानिय प्रशासनले सुरक्षित रहन सबैमा आग्रह गर्दै आएको बताउनुभएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज