Advertisement

राजनीति

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो। भेलाले स्पष्ट रूपमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गरेको छ। मुभमेन्टले भनेको छ, “कार्कीहरूले बलिदानको नाममा सत्ता कब्जा गरेका छन्। यो आन्दोलनका सहिदहरूप्रति गरिएको विश्वासघात हो।” भेलाका सहभागीहरूले कार्की नेतृत्वको सरकार सत्ता कु को उपज रहेको रहेको दाबी गर्दै त्यसले विद्रोहका उपलब्धिलाई मोलमोलाइ गर्न खोजेको आरोप लगाए। जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले भनेका छन् “यो देशको नयाँ पुस्ताले केवल प्रतीकात्मक परिवर्तन होइन, संरचनात्मक रुपान्तरण खोजे...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन् । बेलडाँडी गाउपालिका वडा नं. २ का क्षमा विक र सरस्वती साउदको उद्धार गरी धनगढी उपमहानगरपालिका १३ स्थित दृष्टिविहिन फाउण्डेसनको जिम्मा लगाएकी हुन् । सामानिजक सेवामा व्यस्त गाँउपालिका उपाध्यक्ष नाथले सराहनिय कार्य गरेकि छनु । लामो समयदेखि मानसिक समस्याको सिकार भएका क्षमा विक र सरस्वती साउदको सडकबाटै उद्धार गरी पालिकाको एम्बुलेन्समार्फत दृष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उद्धार गरीएका दुबै जना मानसिक अस्वस्थ्यताको कारण सडकमै खाने र सडकमै सुत्ने गरेका थिए । सडकको नरक जीवन जीईरहेका उनीहरुलाई नयाँ जीवन दिनका लागि उद्धार गरी दुष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उपाध्यक्ष नाथका अनुसार क्षमा विकका दुई छोरा छन भने निर्मला स...
दमकमा पानीमा भिज्दै मोटरसाइकल रयाली, संसद पुर्नस्थापनाको माग

दमकमा पानीमा भिज्दै मोटरसाइकल रयाली, संसद पुर्नस्थापनाको माग

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
दमक -एमालेको जनसंगठनहरुको सहभागितामा नेकपा एमालेले आज झापाको दमकमा मोटरसाइकल रयाली आयोजना गरेको छ । एमाले दमक नगर कमिटीले संविधानको संरक्षण संसद पुर्नस्थापना लगायतका माग गर्दै पार्टीले आफना २३जनसंगठनहरुको सहभागिताका मोटरसाइकल रयाली आयोजना गरेको हो । पार्र्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आयोजना गरिएको मोटरसाइकल रयालीमा युवा,महिला,सर्वसाधारण,पार्टी कार्यकर्ता र नेताहरु पानीमा भिज्दै सहभागी भएका हुन् । दमक ५ स्थित गोरर्खा डिपाटमेन्ट स्टोर दमकवाट शुरु भएको मोटर साइकल रयाली दमक ८को सेतुमारी हाइवे रोड हुदै पखेटे चोक, दमक २को आम्दा रोडवाट मदन डाँगी सडक,फागुनन्द चोक हुदै दमकको गणतन्त्र चोकमा आएर कोण सभामा परिणत भएको थियो । बंगालको खाडीवाट विकसित भएको मोन्था चक्रवातको असर पछि भइरहेको वर्षाको प्रभा नगरी ठूलो संख्यामा एमाले कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तक सहभागी ...
पीडितसँग छलफल नगरी फर्कियो छानविन आयोगको टोली : नेकपा(एमाले) कञ्चनपुर

पीडितसँग छलफल नगरी फर्कियो छानविन आयोगको टोली : नेकपा(एमाले) कञ्चनपुर

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । छानबिन आयोगकोे कार्यशैलीलाई लिएर नेकपा एमालेले विरोध जनाएको छ । बिहिबार कञ्चनपुर आएको जाँचबुझ आयोगको टोलीले पीडित र सरोकारवालासँग छलफल नगरी फर्किएको भन्दै नेकपा (एमाले) कञ्चनपुरले गम्भीर आपत्ति जनाएको हो । एमाले कञ्चनपुरका सचिव पल्लब राज भट्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा आयोगको टोलीले स्थानीय पीडित, सरोकारवाला तथा राजनीतिक दलहरूसँग छलफल नगरी “सुटुक्क फर्किएको” भन्दै यस्तो व्यवहारले आयोगको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठेको उल्लेख छ । प्रेस विज्ञप्तीमा भनिएको छ, “नेकपा (एमाले) कञ्चनपुरको भवनमा आगजनी भएको कुरा राज्यलाई जानकारी छ कि छैन ? सरोकारवालाको छलफलमा आफ्नो आस्थाको धरोहर जलाइएका राजनीतिक दलहरूलाई नबोलाई उपस्थितिको माइन्युटमा दलको नाम लेखेर अनुपस्थित लेख्नुको अर्थ के हो ?” एमालेले आयोगले केही व्यक्तिका घरमा गोप्यरूपमा पुगेर भेटघाट गर्ने, अरूलाई जानकारी नै नदिने र ...
बेलौरीका जेनजी समुहद्धारा करार कर्मचारी बर्खास्त गर्ने लगायतका ६ बुदे मागसहित सिडियोलाई ज्ञापन पत्र

बेलौरीका जेनजी समुहद्धारा करार कर्मचारी बर्खास्त गर्ने लगायतका ६ बुदे मागसहित सिडियोलाई ज्ञापन पत्र

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुर जिल्लाको बेलौरीका जेनजी समुहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएका छन् । बिहीबार जेनजी समुहले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई ६ बुदे मागसहित ज्ञापन पत्र बुझाएको होे । जेनजी बेलौरीका सयोजक केशव कुमार बोहराले सुशासन, भ्रष्टाचार बिरुद्धमा निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएपनि बेलौरी नगरपालिकाले चासो नदिएपछि जिल्ला प्रशासनलाई गुहार गरेको बताए ।   उनका अनुसार ८ बर्षदेखि भारतीय पक्षले बेलौरी नगरपालिका ८ पचुई स्थित अबरुद्ध हुलाकी सडक शुचारु गरिदिनुपर्ने, पहुँचका आधारमा नगरपालिकामा भर्ना गरिएका कर्मचारी हटाउनुपर्ने, कर्मचारीको विवरण माग, जेनजी चोक स्थापना, मुलगेटमा निरन्तर आन्दोलन गर्ने, कर्मचारीलाई कार्यालय प्रवेश रोक लगाउने लगायतका सुशासनदेखि भ्रष्टाचार बिरुद्धमा मुद्दा अघि सारेका छन । विवादित कर्मचारीहरुलाई नगरपालिकाले उल्टै सरक्षण ग...
पत्रकार विवशलाई भीमदत्तकी उप–प्रमुख लेखकद्धारा उपचार खर्च

पत्रकार विवशलाई भीमदत्तकी उप–प्रमुख लेखकद्धारा उपचार खर्च

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले दशैअघिदेखि विरामी परेका पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली अस्पतालमा उपचार गराईरहेका पत्रकार विवशको उपचारमा टेवा पु¥याउनेहेतुले नगद सहयोग गरेकी हुन । अस्पतालको सैयामै पुगेर पत्रकार विवशलाई स्वास्थ्य लाभको कामनासहित सहयोग गरेकी उपप्रमुख लेखकले आफ्नो भत्ता वाफतको रकमबाट सहयोग गरेकी हुन् । उपप्रमुख लेखकले समाजका लागि रातदिन ईमान्दारितापुर्वक निष्पक्ष, कुनै राजनीतिक आग्रह पूर्वाग्रह नराखेर काम गर्ने पत्रकार विवशलाई संकट पर्दा दुखमा साथ दिएको मात्रै बताईन । साथै अन्य बिरामीसंग समेत भेटघाट गर्दै केही उपचारमा समस्या भए सुझाव सल्लाह दिन आग्रह गर्दै निमित्त मेसु डा. अर्जुन कुमार श्रेष्ठलाई बिरामीका लागि आवश्यक उपचार समाग्री प्रबन्ध गर्न आग्रह गरेकी छिन । उपप्रमुख लेखकले अस्पताल सुधारका लागि पालिकाबाट समेत आ...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर जेसीजको आथित्यमा क्षेत्र(घ) सम्मेलन हुन लागेको हो । जिल्ला मुकाम महेन्द्रनगरमा हुने उक्त सम्मेलनको तयारी पुरा भएको आयोजकले बिहिबार पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ । सम्मेलनको समुद्धघाटन सुदूरपश्चिम विश्वविद्यालयका उपमुलपति डा. हेमराज पन्तको प्रमुख आथित्यमा हुने आयोजकले जनाएको छ । महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष एव सम्मेलनका महासचिव हरिश भट्टले ममताज पाटी पैलेशमा बिहान ११बजेदेखि औपचारिक रुपमा उद्घाटन हुने बताए । महेन्द्रनगर जेसिज बर्ष ०२५ का अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले मञ्च व्यवस्थापनदेखिका सबै तयारी पुरा भएको बताएका छन् । नारायण नदी पश्चिम नेपालको भुगोल लक्षित गरेर दोस्रो पटक राष्ट्रिय सम्मेलन हुन लागेको हो । यस अघि ०१५मा ४२औँ राष्ट्रिय महाधिवेशन मह...
अनेरास्ववियुद्वारा कञ्चनपुरबाटै बालेन र सुधन बिरुद्ध मुद्दा

अनेरास्ववियुद्वारा कञ्चनपुरबाटै बालेन र सुधन बिरुद्ध मुद्दा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर-नेकपा एमाले निकट अनेरास्ववियुले कञ्चनपुरबाटै काठमाण्ठौँ महानगरका प्रमुख बालेन्द्र शाह(बालेन) र हामी नेपाल(एनजिओ)का संयोजक सुधन गुरुङ्ग बिरुद्धमा मुद्दा दायर गरिएको छ । गत २४ भदौँ जेनजी आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीको हत्यादेखि निजी सार्वजनिक सम्पत्ती लुटपाट, तोडफोड एव आगजनी गरेको भन्दै प्रहरीमा उजुरी दिएको हो । अनेरास्ववियु कञ्चनपुरका संयोजक विक्रम थापाले संगठनको केन्द्रीय कार्यक्रम अनुरुप जिल्लाबाटै उजुरी दिएको बताए । संयोजक थापाले काठमाण्ठोैँ महानगरपालिका प्रमुख बालेन र एनजिओकर्मी सुधन नै मुख्य योजनाकार भएकाले कानुन अनुरुप कार्बाही गर्नुपर्ने बताए । बालेन र सुधन बिरुद्ध मुलुकी फौजदारी संहिता ०७४को दफा १७७ दफा १७८दफा २४४दफा २८५(२)को उपदफा (क) बमोजिम जाहेरी दिएको छ । अनेरास्ववियुका पुर्व कञ्चनपुर अध्यक्ष ओम बस्नेतले जिल्लामै पनि जेनजी नाममा पहिलेदेखि अहिलेसम्म बेथिति भई...
बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
दिनेश चौधरी, महेन्द्रनगर - कञ्चनपुरको बेलौरी नगरपालिकामा विभिन्न जेनजी समुहका युवाहरुले थरीथरीका माग अघि सार्दै ज्ञापन पत्र बुझाउनेक्रम जारी छ । विष्णू अवस्थी नेतृत्वको जेनजी समुहले बेलौरीमा जेनजी चोकदेखि भ्रष्टाचार मुक्तको विषय उठान गरेको छ । मनोज चन्द सहितका जेनजी पक्षधरहरुले भारतीय पक्षबाट बेलौरी नपा ८ पचुईमा अवरोध गरिएको सडक स्तरोन्नतीको माग अघि सारेको थियो । धर्मेन्द्र गिरी पक्षधरले स्वास्थ्य सरसफाई, नागरिक सेवाका माग अघि सारेका छन । बुधबार सिबाजी कुँवर, ऋर्चा चौधरी नेतृत्वको जेनजी समुहले पनि ज्ञापन पत्र बुझाएको छ । चौधरी नेतृत्वकोे दर्जनौँ जेनजी पक्षधरहरुले नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराज चौधरी, प्रदेश सभा सदस्य दिवान सिह विष्ट सहित जनप्रतिनिधी व्यक्तिको चरित्र हत्या, मान मर्दन हुने गरेर उनीहरुको घर तथा व्यक्तिगत सम्पत्ती जलाउने एवं आन्दोलनमा आएका केही व्यक्तीहरु बाट कर्म...
‘नेपालको जेन(जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

‘नेपालको जेन(जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ – नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा करिब ३४ प्रतिशत नक्कली सामाजिक सञ्जाल खाता प्रयोग भएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ। अनलाइन संवाद नक्कली अकाउन्ट र कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रोफाइलबाट फैलाइएको सो अनुसन्धानको निष्कर्ष छ। इजरायलको तेलअभिभमा रहेको साइबर इन्टेलिजेन्स कम्पनी सायाब्राले गरेको अनुसन्धानमा नेपालमा हालै भएको जेन-जी आन्दोलन वास्तविक प्रयोगकर्तासँग नक्कली मिसिएर अतिवादी बनाइएको उल्लेख छ। जेन-जी प्रोटेस्ट, वेकअप नेपालजस्ता ह्यासट्याग प्रयोग गर्दै आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउने दिशामा धकेल्न केही नक्कली प्रयोगकर्ताहरूको भूमिका रहेको सो अनुसन्धान प्रतिवेदनमा भनिएको छ। सायाब्राले खुलासा गरेअनुसार भदौ २३ र २४ मा भएको प्रदर्शनका लागि सामाजिक सञ्जालमा आह्वान गर्ने हरेक तीन प्रयोगकर्तामध्ये एक नक्कली खाताधारक रहेको पाइएको हो। सायाब्राले सामाज...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज