Advertisement

बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

दिनेश चौधरी, महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरपालिकामा विभिन्न जेनजी समुहका युवाहरुले थरीथरीका माग अघि सार्दै ज्ञापन पत्र बुझाउनेक्रम जारी छ । विष्णू अवस्थी नेतृत्वको जेनजी समुहले बेलौरीमा जेनजी चोकदेखि भ्रष्टाचार मुक्तको विषय उठान गरेको छ ।
मनोज चन्द सहितका जेनजी पक्षधरहरुले भारतीय पक्षबाट बेलौरी नपा ८ पचुईमा अवरोध गरिएको सडक स्तरोन्नतीको माग अघि सारेको थियो । धर्मेन्द्र गिरी पक्षधरले स्वास्थ्य सरसफाई, नागरिक सेवाका माग अघि सारेका छन ।
बुधबार सिबाजी कुँवर, ऋर्चा चौधरी नेतृत्वको जेनजी समुहले पनि ज्ञापन पत्र बुझाएको छ । चौधरी नेतृत्वकोे दर्जनौँ जेनजी पक्षधरहरुले नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराज चौधरी, प्रदेश सभा सदस्य दिवान सिह विष्ट सहित जनप्रतिनिधी व्यक्तिको चरित्र हत्या, मान मर्दन हुने गरेर उनीहरुको घर तथा व्यक्तिगत सम्पत्ती जलाउने एवं आन्दोलनमा आएका केही व्यक्तीहरु बाट कर्मचारीहरुलाई कुटपिट गर्ने, थुन्ने जस्ता अभिव्यक्तीहरु प्रकट गरिरहेकोले बेलौरीको शान्तपुर्ण माहोललाई त्रसित बनाएको दावि गरेको छ ।
‘हामी यस्ता गतिविधिहरूको कडा भत्र्सना गर्दै, बेलौरी नगर भित्र कार्य सञ्चालनमा अवरोध गर्ने कुनै पनि प्रयत्न, घेराबन्दीको विरोध गर्नेछौं, ‘विज्ञप्तीमा भनिएको छ, ‘नगरको शान्ति, विकास, र सुशासनका लागि सबै सरोकारवालाहरुसँग एकजुट भई जिम्मेवार नागरिकको रूपमा योगदान पुर्याउन हामी सबैलाई आग्रह गर्दछौ।’
ऐतिहासिक परिवर्तन र जन–आन्दोलनका मूल भावना विपरित, वेलौरीभित्र केही व्यक्तिहरूले नितान्त व्यक्तिगत स्वार्थका लागि निरन्तर धर्ना, अवरोध र गैर–जिम्मेवार गतिविधि मार्फत कार्यालयको काम–काज वातावरण विगार्ने प्रयास गरिरहेको ठहर गरिएको छ । ‘हामी यो विज्ञप्ति मार्फत स्पष्ट गर्न चाहन्छौं किः जेन–जेड आन्दोलनको मुल मन्त्र “भ्रष्टाचारमुक्त, उत्तरदायी र जनमुखी शासन“ हो। त्यसैले यस्ता स्वार्थपरक र नगर विकास विरोधी क्रियाकलापहरू जनताको मर्म र सहिदको बलिदान प्रति ठट्टा गर्ने कार्य हुन ।’
सधै जसो आन्दोलन गरि रहेका आन्दोलनकारीको मागहरुको विषयमा बेलौरी नगरपालिकाले १२ असोजमा आफ्नो धारणा सार्वजनिक जेनजी चोकको विषयमा सर्वपक्षिय सहमति अनुसार हुने, करार कर्मचारीहरुको विषयमा कानुन प्रकृया बमोजिम राखिएको छ यो विषयमा यो भन्दा माथिको निकाय केही कमजोरी भएमा कार्वाही अगाडी वढाउने छ । सडकहरु मर्मतको चरणमा रहेको, सरसफाई निरन्तररुपमा भईरहेको, ढलनिकासको लागि ठेक्का प्रकृयामा गई निर्माण चरणमा रहेको, हाट बजार सञ्चालनको लागि चालु आर्थिक बर्षमा बजेट नै विनियोजन गरिसकेको र सार्वजनिक सम्पत्ती संरक्षणको लागि नगर भूमि ऐन ०८१ अनुसार हुने भनेर सार्वजनिक रुपमा धारणा सार्वजनिक गरिसक्दा पनि केही आन्दोलनकारीहरुले निरन्तर बेलौरी नगरपालिकाको कार्य सञ्चालनमा अवरोध हुने खालका गतिविधीहरु निरन्तर रुपमा गरिरहेको तथा समाजिक सञ्जालमा गर्ने गतिबिधीले समाजिक सद्भाव खलबलाग्ने काम भएको भन्दै त्यस तर्फ ध्यान दिन आग्रह गरिएको छ । ज्ञापन पत्र बुझ्दै बेलौरी नगरका प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकीले अहिलेका जेनजी पुस्ताले उठान गरेका विषयमा पालिका गम्भिर भएर अघि बढ्ुने जनाएका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज