चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी
धनगढी - सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा चार दशकभन्दा बढी समयदेखि निरन्तर समर्पित हरीश प्रसाद जोशी ‘प्रफुल्ल’ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सदस्य (प्राज्ञ) पदमा नियुक्त भएका छन्। प्रदेश सरकारले गरेको यो नियुक्तिलाई जोशीको लामो साहित्यिक, शैक्षिक तथा सांस्कृतिक यात्राप्रतिको सम्मानका रूपमा हेरिएको छ।
बैतडीको मेलौली नगरपालिका–५ खलिगाडमा जन्मिएका जोशीले शिक्षण पेशासँगै भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा समानान्तर रूपमा सक्रिय जीवन बिताएका छन्। शिक्षक, साहित्यकार, सम्पादक, संस्कृतिकर्मी तथा सामाजिक अभियन्ताका रूपमा परिचित उनी सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन निरन्तर क्रियाशील व्यक्तित्वका रूपमा स्थापित छन्।
विशेषगरी डोट्याली भाषा, लोकसाहित्य र लोकसंस्कृतिको संरक्षणमा जोशीको योगदान उल्लेखनीय छ। डोट्याली भाषाको शब्दभण्डार संरक्षण गर्ने उद्दे...




















