Advertisement

भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

महेन्द्रनगर — भीमदत्त अन्तर माध्यमिक विद्यालय (मावि) स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मर्निङ ग्लोरीले इन्टरनेसनल पब्लिक स्कुललाई १४ रनले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।

उपाधिसँगै मर्निङ ग्लोरीले नगद रु. ५१ हजार १ सय ११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

उपविजेता बनेको इन्टरनेसनल पब्लिक स्कुलले नगद रु. ३१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मर्निङ ग्लोरीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन बनाएको थियो। १०० रनको लक्ष्य पछ्याएको इन्टरनेसनल पब्लिक १४.१ ओभरमा ८५ रनमै अलआउट भएपछि मर्निङ ग्लोरी विजयी बनेको हो।
फाइनल खेलमा मर्निङ ग्लोरीका लब ओखेडा ‘म्यान अफ द म्याच’ घोषित भए।

उनले ट्रफी, प्रमाणपत्र र नगद रु. २ हजार ५ सय प्राप्त गरे। उत्कृष्ट ब्याट्सम्यान इन्टरनेसनल पब्लिकका प्रिन्स भण्डारी, उत्कृष्ट बलर तथा उत्कृष्ट फिल्डर मर्निङ ग्लोरीका निर्मल पाल घोषित भए। उनीहरूलाई जनही नगद रु. २ हजार ५ सयसहित ट्रफी प्रदान गरिएको थियो।
त्यसैगरी शान्ति निकेतनका इशान दौल्याल ‘म्यान अफ द सिरिज’ घोषित हुँदै नगद रु. ३ हजार, मेडल र प्रमाणपत्रबाट सम्मानित भए।

 

होली फेमिली इङ्लिस मिडियम स्कुलका तपन अवस्थी ‘उदीयमान खेलाडी’ घोषित हुँदै नगद रु. १ हजार ५ सयसहित प्रमाणपत्र प्राप्त गर्न सफल भए।
प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्‍याउने स्वयंसेवक तथा विभिन्न संघ–संस्थालाई समेत सम्मानपत्र प्रदान गरिएको थियो।

होली फेमिली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सहआयोजनामा सम्पन्न प्रतियोगितामा नगरभित्रका १८ सरकारी तथा संस्थागत माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखकले विजेता टोलीलाई बधाई दिँदै प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटको विकास र प्रतिभा पहिचानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन्। आगामी दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिन आवश्यक कार्यविधि निर्माण गरी सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशी ले विद्यालयस्तरबाटै क्रिकेट प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक मावि स्तरीय प्रतियोगिता सञ्चालन गरिएको बताउँदै आगामी वर्षहरूमा पनि निरन्तर सहयोग रहने उल्लेख गरे।
कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेन्द्र बहादुर चन्द ले सुदूरपश्चिम प्रदेशमै विद्यालयस्तरमा यस प्रकारको प्रतियोगिता आयोजना हुनु सकारात्मक सुरुआत भएको बताए। उनले स्थानीय तहले खेलकुदसम्बन्धी कार्यविधि निर्माण गरी विद्यालयहरूमा खेल मैदान विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

 


कार्यक्रममा एन–प्याब्सन कञ्चनपुरका अध्यक्ष सतेस बहादुर चन्दले समाजसेवी तथा विद्यालय सञ्चालक भूपालसिंह विष्टले दुर्गम क्षेत्रमा खेलकुद गतिविधि विस्तार गरेर क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसा व्यक्त गरे।

विद्यालयका सञ्चालक भूपालसिंह विष्टले विद्यालय परिसरमा क्रिकेटसहित विभिन्न खेलकुद गतिविधि सञ्चालन हुँदै आएको जानकारी दिँदै वर्षायाममा समेत खेलाडीहरूको प्रशिक्षण निरन्तर राख्न क्रिकेट इन्डोर निर्माण भइरहेको बताए। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने भीमदत्त नगरपालिका, जिल्ला क्रिकेट संघ तथा अन्य सरोकारवाला निकायप्रति उनले आभार व्यक्त गरे।

विद्यालयका असिस्टेन्ट म्यानेजर महादेवप्रसाद भट्टले स्वागत मन्तव्य राख्दै प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सञ्चालन क्रिकेट प्रतियोगिताभरि उत्कृष्ठ कमेन्टरी गरेका विद्यालयका सहायक प्रिन्सिपल हरीश ठगुन्नाले गरेका थिए।
प्रतियोगितामा सहभागी टोलीहरूको दर्ता निःशुल्क गरिएको थियो भने सम्पूर्ण खेलहरू आईसीसी र क्यानको नियमअनुसार सञ्चालन गरिएको थियो ।
मर्निङ ग्लोरीका प्रिन्सिपल चूडामणि शर्माले विद्यालयले शैक्षिक गुणस्तरसँगै खेलकुद क्षेत्रमा समेत निरन्तर लगानी गर्दै आएकाले त्यसको प्रतिफल र खेलाडीहरूको मिहिनेतले उपाधि जित्न सफल भएको बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

धनगढी - सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा चार दशकभन्दा बढी समयदेखि निरन्तर समर्पित हरीश प्रसा...
भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

महेन्द्रनगर — भीमदत्त अन्तर माध्यमिक विद्यालय (मावि) स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले जिते...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

महेन्द्रनगर - कञ्चनपुरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रतिनिधित्व गर्ने भूमि समस्या समाधान संघर्ष समितिले बस्त...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज