अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी
महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका छन् । सोमबार भएका खेलमा इन्टरनेशनल पब्लिक स्कुल, वेस्टर्न पब्लिक एकेडेमी र मर्निङ ग्लोरी सेकेन्डरी स्कुल विजयी भएका हुन् । पहिलो खेलमा ईन्टरनेशनल महेन्दनगर नमुना माविसंग ३९ रनअन्तर, दोस्रो खेलमा मर्निङ्ग ग्लोरी बैजनाथ माविसंग १४ रनअन्तर र तेस्रो खेलमा वेस्टर्न पब्लिक लक्ष्मी माविसंग ३७ रन अन्तरले विजयी भएका हुन् ।
पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इन्टरनेशनल पब्लिक स्कुलले १९ दशमलव १ ओभरमा ८२ रन बनायो । इन्टरनेशनलका लागि प्रिन्सले ३३ तथा हिमालले २२ रनको योगदान गरे । बलिङतर्फ महेन्द्रनगर नमुना माविका महेन्द्र रावतले चार ओभर बलिङ्ग गर्दै २८ रन खर्चेर ४ विकेट लिए भने सम्रराट जोशीले ४ ओभर बलिङ्ग गर्दै ३ विकेट लिए ।
८३ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ ग...



















