करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र
धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरूले महँगी भत्ता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा बिदा लगायतका सेवा–सुविधा उपलब्ध गराउन माग गर्दै आर्थिक मामिलामन्त्री विक्रम धामी लाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।
करार कर्मचारीहरूले प्रदेश सरकारका विभिन्न निकायमा न्यून पारिश्रमिकमा कार्यरत कर्मचारीहरूलाई संविधानले सुनिश्चित गरेको समानताको हक, रोजगारीको हक तथा सामाजिक सुरक्षाको हकअनुसारका सुविधा नदिइएको गुनासो गरेका छन्। बढ्दो महँगीका कारण न्यून पारिश्रमिकमा जीवनयापन गर्न कठिन भएको र सामाजिक सुरक्षा व्यवस्था नहुँदा भविष्य तथा स्वास्थ्य उपचारसमेत अनिश्चित बनेको उनीहरूको भनाइ छ।
ज्ञापनपत्रमा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का महासन्धि तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी ...


















