Advertisement

खेलकुद

मेधावी सेकेन्डरी स्कुलद्धारा संविधान दिवस अवसरमा बतृत्वकला प्रतियोगिता सम्पन्न

मेधावी सेकेन्डरी स्कुलद्धारा संविधान दिवस अवसरमा बतृत्वकला प्रतियोगिता सम्पन्न

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – मेधावी सेकेन्डरी स्कुलले संविधान दिवसको अवसरमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार अर्थात असोज ३ गते संविधान दिवसको अवसरमा महेन्द्रनगरको मेधावी सेकेण्डरी स्कूलले ‘नेपालको संविधान’ शिर्षकमा विद्यार्थीहरुविच बतृत्वकला प्रतियोगिता गराएको हो । विद्यालयले विद्यार्थीहरुमा संविधानको महत्व, यसको आवश्यकताबारेमा जानकारी गराउने उदेश्यले बतृत्वकला प्रतियोगिता गरेको मेधावी सेकेण्डरी स्कूलका विज्ञान शिक्षक शिवम बस्नेतले बताए । उनका अनुसार प्राईमरी, सेकेण्डरी लेवल अनुसार विद्यार्थीहरुलाइ बतृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गराईएको हो । त्यसैगरी संविधान दिवसकै अवसरमा गत महिनामा तिज विषेश कार्यक्रममा नृत्य प्रतियोगिताको पुरस्कार प्रदान गरीएको शिक्षक शिवम बस्नेतले जानकारी दिए । शिक्षक शिवमका अनुसार नृत्य प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई दुई हजार, दितिय हुनेलाई एक हजार ...
अन्तरपालिका कबड्डी प्रतियोगिताको उपाधी भिम्दत्तलाइ

अन्तरपालिका कबड्डी प्रतियोगिताको उपाधी भिम्दत्तलाइ

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता सम्पन्न भएको छ। कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा "स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद" भन्ने मुल नराका साथ कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता- २०८२ प्रतियोगिता शनिवार सम्पन्न भएको छ। शनिबार भएको फाइनल खेलमा भीमदत्त नगरपालिकाले ४२-२१ को अंकले बेदकोट नगरपालिका लाई हराउदै उपाधी जितेको छ। बेदकोट नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ। प्रतियोगिताको तेस्रो स्थान कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिका भएका छन्। विजेता र उपविजेता टिम र तेस्रो भएको टिमलाई ट्रफि प्रमाणपत्र मेडल प्रदान गरिएको छ ।   प्रतियोगिताको समापन समारोहका सभापतित्वमा कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यता...
नेपाल टि–ट्वान्टी सिरीजमा नेदरल्याण्डसंग ६ विकेटले बिजयी

नेपाल टि–ट्वान्टी सिरीजमा नेदरल्याण्डसंग ६ विकेटले बिजयी

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्वास्थ्य
पार्वती बोहरा महेन्द्रनगर – त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले नेदरल्याण्डलाई ६ विकेटले हराएको छ । टज जितेर वलिङ्ग रोजेको नेपालले नेदरल्याण्डले दिएको एक ७५ रनको लक्ष्यलाई १९ दशमलव ४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । कुसल भुर्तेलले ५१ बल खेल्दै सार्वाधिक ६५ रन बनाए । भने आरिफ सेखले २३ बलमा ३९ रन बनाए र भीम सार्कीले १६ बलमा २७ रनको योगदान दिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १२ बल खेल्दै नट आउट १६ रन जोडे । त्यसैगरी ४ बल खेलेका लोकेस बमले नटआउट १२ रन बनाए । ६ बल खेलेर आउट भएका आसिफ सेखले ७ रन मात्रै जोड्न सफल भए । कम्तान रोहित पौडेलले ७ बलमा ५ रनमा क्याच आउट भए । आरीफ सेखलाई रिटार्य हट गरीएको हो । नेदरल्याण्डका मिचेल लेभिटले ५३ बलमा ८६ रनको आक्रामक पारी खेलेका थिए । त्यस्तै भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले २१ बलमा ३६ रनको अविजित पारी खेले ।   ...
न्यू भिजन ट्युसन सेन्टरले विद्यार्थीहरुलाई खेलकुद अभ्यास गराउदै

न्यू भिजन ट्युसन सेन्टरले विद्यार्थीहरुलाई खेलकुद अभ्यास गराउदै

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–महेन्द्रनगरको एक प्रतिष्ठित ट्यूसन सेन्टरले विद्यार्थीहरुको चौतर्फी विकास गर्न तथा खेलकुदको बृद्धिविकास गर्न पठनपाठनसंगै खेलकुद अभ्यास गराउन सुरु गरेको छ ।   महेन्द्रनगर गल्ली नं. ३ स्थीत न्यू भिजन ट्यूसन सेन्टरले विद्यार्थीहरुलाई पठनपाठन संगै खेलकुद अभ्यास गराउन सूरु गरेको हो । आज शनिबार सेन्टरमा ट्यूसन पढ्ने विद्यार्थीहरुलाई क्रिकेट खेलको अभ्यास गराईएको ट्यूसन सेन्टरका प्रवन्धक तथा शिक्षक शिवम बस्नेतले बताए ।   ‘विद्याथीहरुलाई आजदेखि हामीले खुलामञ्चमा क्रिकेट खेलको अभ्यास गराएका छौँ,’ उनले भने, ‘विद्यार्थीहरुको आन्तरीक क्षमता पहिचानका लागि उनीहरुको चाहनाअनुरुपको खेल अभ्यास गराउने योजनाका साथ खेलकुदलाई पनि प्राथमिकता दिन्छौ, विद्यार्थीहरुलाई प्रत्येक शनिबार खेलकुद गराउने कार्यतालिका बनाएका छौ ।’ न्यू भिजन ट्यूसन सेन्टरले विगत लामो समयदेखि क...
नेपाल स्कटल्याण्डसंग तिन रनले चुक्यो

नेपाल स्कटल्याण्डसंग तिन रनले चुक्यो

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर - पुरुष विश्व कप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी श्रृङ्खलामा नेपाल दुई रनले पराजित भएको छ। स्कटल्यान्डले जितका लागि तीन सय २४ रनको लक्ष्य दिएकोमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २१ रन मात्र बनाउन सक्यो।   आइतबारको खेलमा खराव सुरुवात गरेको नेपालले चौथो ओभरमा कुशल भुर्तेल १७ रन बनाउँदै गुमायो । उनले २० बलमा तीन चौका प्रहार गरे। अर्को ओभरमा अर्का ओपनर आसिफ शेख पनि मात्र ८ रन बनाउँदै पेबिलियन फर्किए। कप्तान रोहित पौडेल पनि लामो समय टिक्न सकेनन् । तीन रन बनाउँदै ब्रान्डन मुलिमको बलमा क्याचआउट हुन पुगे। त्यसपछि भीम सार्की र आसिफ शेखले नेपालको इनिङ सम्हाले दुई जना मिलेर ११० बलमा ९४ रन जोडे । नेपालले २६औ ओभरमा १२८ रन बनाएको थियो ।   उनले ५५ बलमा पाँच चौकाको मद्दतले ३९ रनको योगदान दिए। नेपालले पाँचौं विकेटका रुपमा भीम सार्कीलाई गुमायो। सार्कीले ८५ ...
बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ - रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन । शशांक ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए । बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २-२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मय...
कृष्णपुरमा मेयर कप फुटबल र उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने, आज फुटबल र आईतबारदेखि भलिबलको समुद्धघाटन हुने

कृष्णपुरमा मेयर कप फुटबल र उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने, आज फुटबल र आईतबारदेखि भलिबलको समुद्धघाटन हुने

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – कृष्णपुर नगरपालिकाको आयोजनामा दोस्रो कृष्णपुर मेयर कप फुटवल तथा प्रथम कृष्णपुर उपमेयर कप महिला प्रतियोगिता हुने भएका छन् । आजबाट दोस्रो कृष्णपुर मेयर कप फुटबल प्रतियोगिता हुदैछ भने १८गतेदेखि प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिता हुदैछ । शुक्रबार कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा र नगर उप प्रमुख द्रोपती रानाले संयुक्तरुपमा ट्रफि तथा मेडल सार्वजनिक गर्दै उक्त प्रतियोगिताको बारेमा जानकारी दिए । पछिल्लो समयमा समाजमा लागुपदार्थको कुलतमा युवयुवति लागिरहेको सन्दर्भमा ‘हाम्रो सामुहिक गोल लागु पदार्थ दुव्र्यसनको अन्त्य’ कृष्णपुर को शान खेलकुद मार्फत महिला सशत्तितीकरण अभियान भन्ने मुल नारा दिएर दोस्रो मेयर कप फुटबल प्रतियोगिता कृष्णपुर–०६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आयोजना आजबाट सञ्चालन हुनेछ । त्यसैगरी प्रथम उपमेयर कप भलिबल प्रतियोगिता आईतबा...
क्रिकेटर दिपेन्द्र सिंह ऐरीको ग्रह जिल्ला कञ्चनपुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट खेलमैदान पाँच वर्षदेखि बजेट अभावले निर्माण अलपत्र

क्रिकेटर दिपेन्द्र सिंह ऐरीको ग्रह जिल्ला कञ्चनपुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट खेलमैदान पाँच वर्षदेखि बजेट अभावले निर्माण अलपत्र

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– बजेट अभावले क्रिकेट स्टेडियम निर्माण कार्य अलपत्र बनेको छ । सरकारले क्रिकेट स्टेडियम निमार्णका लागि पर्याप्त बजेट विनियोजन नगर्दा महेन्द्रनगरमा क्रिकेट खेलमैदान निर्माण अलपत्र परेको हो । विसं २०७४ सालमा महेन्द्रनगरस्थित कर्वडहलमा अन्तराष्ट्रियस्तरको क्रिकेट खेलमैदान निमार्णका लागि ‘डिपीआर’ तयार गरेर निमार्णको थालनी गरिएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय खेलकुद परिषद्ले एक करोड पचाँस लाख रकम बिनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेपनि बजेट अभावका कारणले निर्माण अघि बढ्न सकेको छैन् ।   कभर्डहलमा माष्टर प्लानभन्दा बाहिर गएर धेरै संरचना बनेका कारण क्रिकेट मैदान बनाउन विनियोजित एक करोडभन्दा बढी बजेट माटो भरानमै सकिएपछि अरु काम अघि बढ्न सकेन्। क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास...
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई

उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई

खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ । बिहिबार भएको फाइनलमा बनारसी क्रिकेट क्लबलाई ६ बिकेटले हराउदै पाटन भ्याली क्रिकेट क्लबले उपाधी जितेको हो । कृष्ण मावि को खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बनारसी क्रिकेट क्लबले १४ दशमलव ४ ओभरमा अलआउट हुदै ७२ रन बनाएको थियो । बनारसीका सुदर्शन भट्टले सर्वाधिक २१ रनको बनाए । भ्यालीका धिरेन चन्दले ४ विकेट लिए । ७३ रनको विजयी लक्ष्य पछ्याएको भ्यालीले ८ दशमलव १ ओभरमै लक्ष्य भेट्टायो । उपाधी विजेता पाटन भ्यालीले १ लाख १ हजार १ सय ११ नगदसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बनारसी क्रीकेट क्लबले ४५ हजारमा ५५ रुपैँया नगद सहीत ट्रफी मेडल प्रमाणपत्रमा चित्त बुझायो । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका राहुल भण्डारी म्यान अफ द सिरिज घोषित भए...
होलि फेम्लि स्पोर्टस एकेडेमीद्धारा निशुल्करुपमा १२ दिने क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्प सूरु

होलि फेम्लि स्पोर्टस एकेडेमीद्धारा निशुल्करुपमा १२ दिने क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्प सूरु

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चपनुरमा निशुल्करुपमा १२ दिने क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्प सूरु भएको छ । होली फेम्ली स्पोर्टस एकेडेमीद्धारा आयोजित १२ दिने निशुल्क क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्पको मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गरी सूरु गरीएको हो । होली फेम्ली स्पोर्टसका उपाध्यक्ष महादेव भट्टले सभापतित्व गरेको उक्त कार्यक्रममा प्रमुख खतिथि कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्द रहेका थिए । तेक्वान्दोको प्रशिक्षण तेक्वान्दो संघ कन्चनपुरका सचिव गोविन्द थापाले गर्नेछन भने क्रिकेटको प्रशिक्षण प्रशिक्षक सन्तोष भट्टले गर्ने होली फेम्ली स्पोर्टस एकेडेमिका उपाध्यक्ष महादेव प्रसाद भट्टले जानकारी दिनुभयो । विगत बर्षहरुमा पनि होली फेम्ली स्पोर्टस एकेडेमीले खेलकुद प्रशिक्षण गराउदै आएकोमा यस बर्ष पनि जिल्ला क्रिकेट संघ र जिल्ला तेक्वान्दो संघसंगको सहकार्यमा निशुल्करुपम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज