Advertisement

अन्तरपालिका कबड्डी प्रतियोगिताको उपाधी भिम्दत्तलाइ

महेन्द्रनगर – कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता सम्पन्न भएको छ।

कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुल नराका साथ कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता- २०८२ प्रतियोगिता शनिवार सम्पन्न भएको छ।

शनिबार भएको फाइनल खेलमा भीमदत्त नगरपालिकाले ४२-२१ को अंकले बेदकोट नगरपालिका लाई हराउदै उपाधी जितेको छ। बेदकोट नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ। प्रतियोगिताको तेस्रो स्थान कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिका भएका छन्। विजेता र उपविजेता टिम र तेस्रो भएको टिमलाई ट्रफि प्रमाणपत्र मेडल प्रदान गरिएको छ ।

 

प्रतियोगिताको समापन समारोहका सभापतित्वमा कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न गरिएको हो।

कार्यक्रमका विशिष्ट अतिथि कबड्डि संघ केन्द्रीय सचिव तर्क राज भट्ट, भीमदत्त नगरपालिका वडा न.१० का अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश कबड्डी संघका अध्यक्ष महेश चन्द, कञ्चनपुर जिल्ला खेलकुद बिकास समिति पुर्व अध्यक्ष, कृष्ण देव पन्त, अतिथिमा भीमदत्त नगर खेलकुद अध्यक्ष सरोज चन्द, बेदकोट नगर खेलकुद अध्यक्ष प्रजापति भट्ट जिल्ला खेलकुद समितिका कार्यसमिति पदाधिकारी, विभिन्न खेलकुद संघका प्रमुख, निर्णायक लगायत खेलाडी खेल प्रेमीहरुको उपस्थिति रहेको थियो। भने कार्यक्रम सञ्चालन कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले गरेका थिए ।

 

प्रतियोगिता असार २० गतेबाट सुरु भएको थियो । प्रतियोगितामा भीमदत्त, पुनर्वास, कृष्णपुर, शुक्लाफाँ, बेदकोट नगरपालिका र लालझाडी गाउँपालिका गरि जिल्लाका ६ पालिकाका महिला टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज