१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ
महेन्द्रनगर – १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । शनिबार कञ्चनपुरको महेन्द्रनगर पुगेर खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका राखेप सदस्य सचिव घिसिङले कुनै पनि हालतमा तोकिएकै मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन् । उहाँले उत्कृष्ट प्रदर्शनका लागि राम्रो तयारीमा जुट्न सबै खेलाडीमा अनुरोध समेत गर्नुभयो ।
‘जहांसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैसर्दै जेठमा पुगेको छ, बास्तवमा सदस्य सचिव भएर मैले ९औ राष्ट्रिय खेलकुदको समेत नेतृत्व गर्ने अवसर पाए, र मैले त्यतिबेला नै मंसिर २ गते २०८१मा गर्ने गरी मिति तय गरेर सोका लागि आवश्यक बजेट समेत विनियोजन गत बर्ष नै गरेर पुरक बजेटको व्यवस्थापन भईसकेको स्थीति थियो, भलै विचमा परीषदको बैठकहरु समयमै नहुदाखेरी पहिले तोकेको मितिमा हुनसकेन,’ उहाँ...




















