नयाँ खबर
महेन्द्रनगर – पुरुष विश्व कप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी श्रृङ्खलामा नेपाल दुई रनले पराजित भएको छ। स्कटल्यान्डले जितका लागि तीन सय २४ रनको लक्ष्य दिएकोमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २१ रन मात्र बनाउन सक्यो।

आइतबारको खेलमा खराव सुरुवात गरेको नेपालले चौथो ओभरमा कुशल भुर्तेल १७ रन बनाउँदै गुमायो । उनले २० बलमा तीन चौका प्रहार गरे। अर्को ओभरमा अर्का ओपनर आसिफ शेख पनि मात्र ८ रन बनाउँदै पेबिलियन फर्किए। कप्तान रोहित पौडेल पनि लामो समय टिक्न सकेनन् । तीन रन बनाउँदै ब्रान्डन मुलिमको बलमा क्याचआउट हुन पुगे। त्यसपछि भीम सार्की र आसिफ शेखले नेपालको इनिङ सम्हाले दुई जना मिलेर ११० बलमा ९४ रन जोडे । नेपालले २६औ ओभरमा १२८ रन बनाएको थियो ।

उनले ५५ बलमा पाँच चौकाको मद्दतले ३९ रनको योगदान दिए। नेपालले पाँचौं विकेटका रुपमा भीम सार्कीलाई गुमायो। सार्कीले ८५ बलमा ७३ रन बनाए। उनले आठ चौका हिर्काए गुल्सन झाले भने ठूलो योगदान दिन सकेनन् । उनले १३ बलमा एक छक्का प्रहार गर्दै ज्ञज्ञ रन मात्र जोड्न सके। त्यसपछि दिपेन्द्र सिंह ऐरी र सोमपाल कामी मिलेर शतकीय साझेदारी गरे उनीहरुले मात्र ६५ बलमा १०५ रन बनाए ४७ ओभरमा दिपेन्द्र आउट हुँदा नेपालको स्कोर ७ विकेटको क्षतिमा २८८ रन पुगेको थियो ।

दिपेन्द्रले ५१ दिपेन्द्रले ५१ बलमा ५६ रनको अर्धशतकीय पारी खेले। उनले दुई चौका हिर्काए त्यसपछि सोमपाल पनि अर्धशतक बनाउँदै आउट हुन पुगे । उनले मात्र ४४ बलमा ४७ रन बनाउँदै आउट भए उनले तीन चौका र चार छक्का प्रहार गरे। नेपालले नवौ विकेटका लागि करण केसी १० बलमा १७ रन बनाएको अवस्थामा गुमायो । उनले एक चौका र एक छक्का प्रहार गरे ।

स्कटल्यान्डका लागि म्याकेन्जी जोन्सले ३ तथा सफयान सरिप र माइकल निस्कले दुई विकेट गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ३२३ रन बनाएको थियो । टोलीका लागि कप्तान रिची बेरिङटनले शतकीय ईनि खेले। उनले ११४ बलको सामना गर्दै छ चौका र चार छक्काको मद्दतले १०२ रन जोडे। उनले माइकल डिस्कसँग मिलेर स्कटल्यान्डका लागि छैठौं विकेटमा १२५ रनको किर्तिमानी साझेदारी गरे त्यस्तै माइकल निस्कले तीव्र गतिमा रन बनाउँदै ६२ बलमा ९६ रन जोडे। उनले १२ चौका र तीन छक्का प्रहार गरे। यसअघि ओपनर चार्ली टियरले पनि ६५ बलमा ६८ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका थिए। उनले नौसङ्का हिर्काए फिनले म्याक्रीले २३ बलमा १७ रनको योगदान दिए अन्तिम ओभरमा करण केसीको लगातार तीन बलमा छक्का हिर्काएका मार्कवादले नौ बलमा ३१ रन जोडे।

नेपालका लागि करण केसी र दिपेन्द्र सिंह ऐरीले दुईदुई विकेट लिए ललितराजवंशीले किफायती बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर एक विकेटले सन्दीप लामिछानेले भने १० ओभरमा ६९ रन खर्चेर कुनै विकेट लिन सकेनन् यसअघि नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले हराएको थियो। दोस्रो खेलमा पनि नेपाल विजय बनेको थियो। नेपालले नेदरल्यान्ड्स विरुद्ध पाँच विकेटको जित हात पारेको थियो।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।