Advertisement

क्रिकेटर दिपेन्द्र सिंह ऐरीको ग्रह जिल्ला कञ्चनपुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट खेलमैदान पाँच वर्षदेखि बजेट अभावले निर्माण अलपत्र

महेन्द्रनगर– बजेट अभावले क्रिकेट स्टेडियम निर्माण कार्य अलपत्र बनेको छ । सरकारले क्रिकेट स्टेडियम निमार्णका लागि पर्याप्त बजेट विनियोजन नगर्दा महेन्द्रनगरमा क्रिकेट खेलमैदान निर्माण अलपत्र परेको हो । विसं २०७४ सालमा महेन्द्रनगरस्थित कर्वडहलमा अन्तराष्ट्रियस्तरको क्रिकेट खेलमैदान निमार्णका लागि ‘डिपीआर’ तयार गरेर निमार्णको थालनी गरिएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय खेलकुद परिषद्ले एक करोड पचाँस लाख रकम बिनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेपनि बजेट अभावका कारणले निर्माण अघि बढ्न सकेको छैन् ।

 

कभर्डहलमा माष्टर प्लानभन्दा बाहिर गएर धेरै संरचना बनेका कारण क्रिकेट मैदान बनाउन विनियोजित एक करोडभन्दा बढी बजेट माटो भरानमै सकिएपछि अरु काम अघि बढ्न सकेन्। क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमा समेत खर्च भएको देखिन्छ ।
जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले खेल मैदान नहुँदा प्रतियोगिता गराउन निकै समस्या खेप्नु परेको गुनासो गरे । ‘कञ्चनपुरमा ठूलो कुनै प्रतियोगिता गर्नुप¥यो भने खेलमैदान नै छैन, साना प्रतियोगिता गर्न समेत समस्य पर्ने गरेको छ ।’ उनले भने, ‘कभर्ड हलमा एउटा खेल मैदान छ त्यसैमा क्रिकेट, फुटबल सबै खेल खेलाउनुपर्ने बाध्यता छ ।’
कञ्चनपुर जिल्लाको अन्तराष्ट्रिय क्रिकेट स्टेडियमको डिपिआर निर्माण भएको आठ बर्ष हुदा पनि सरकारको प्राथमिकतामा नपर्दा बजेट विनियोजन हुन नसकेको उनले बताए । ‘कभर्डहलमा अन्तर्राष्ट्रिय स्टेडियमका लागि डीपीआर तयार भएको पनि आठ वर्ष भइसक्यो स्टेडियमको काम प्रारम्भ हुन सकेको छैन।’ चन्दले भने, ‘नेपालको हरेक समूहका राष्ट्रिय क्रिकेट टिममा कञ्चनपुरका खेलाडी छन् तयर यहाँ खेल मैदान बन्न सकेको छैन।’
उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट डेढ करोड बजेट आएपनि उक्त रकम माटो भरानमै सकिएको छ। क्रिकेट स्टेडियम निमार्णका लागि कर्वडहल क्षेत्रमा साढे चार कट्टा जग्गा छुट्याइएको छ ।

विभिन्न खेलमार्फत अन्तरराष्ट्रियस्तरमा मुलुकको नाम चिनाउन सफल यहाँका खेलाडीले न्यूनतम पूर्वाधारको सुविधा पनि पाउन नसकेको यहाँका सरोकारवाला गुनासो गर्छन् । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कैलाश गिरीले क्रिकेटको उर्बर भूमि भएपनि यहाँ प्रतियोगिता सञ्चालनका लागि क्रिकेट स्टेडियम बन्न नसकेको बताए । ‘राज्यको प्राथमिकतामा पर्न नसक्दा अहिलेसम्म क्रिकेट खेलमैदान बन्न सकेको छैन।’ उनले भने, ‘पर्याप्त बजेको अभाव र खेलाडीहरु सुविधा छैन भएको बजेटको पनि सदुपयोग हुन सकेको छैन।’
क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका चर्चित खेलाडी उत्पादनको हब कञ्चनपुर जिल्ला हो । अहिले पनि कञ्चनपुरका मात्रै चार जना क्रिकेट खेलाडी नेपालको राष्ट्रिय क्रिकेट टोलीमा छन् । विश्वकीर्तीमान बनाउने दीपेन्द्रसिंह ऐरी देखी नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदान बनाउने विषय भने प्राथमिकतामा परेको छैन। महिला क्रिकेटको राष्ट्रिय टीमदेखि हरेक समूहका राष्ट्रिय टिममा कञ्चनपुरका खेलाडीको बर्चश्व छ ।

 

पछिल्लो पुस्तामा प्रतिभावान खेलाडी देखिएका भए पनि खेल पूर्वाधार र पर्याप्त सेवासुविधा नहुँदा खेलाडी पलायन भइरहेका छन् । महेन्द्रनगरस्थित कर्बडहलको जग्गा जिल्ला खेलकुद विकास समितिले कृषि प्रयोजनका नाममा गुरुयोजना विपरित प्रयोग गरेपछि खेलाडीले कभर्डहलको खेल मैदान प्रयोग गर्न नपाएको यहाँका स्थानीय बताउँछन्। ‘राष्ट्रिय टीममा कञ्चनपुरकै खेलाडीको प्रतिनिधित्व धेरै छ, यहाँका खेलाडीले गोल्ड मेडलसम्म ल्याएर देशको नाम चिनाएका छन्।’ यहाँका स्थानीय किशन थापाले भने, ‘क्रिकेटमा दूर्लभ विश्वकिर्तीमान राख्ने खेलाडी दीपेन्द्र यहिको उत्पादन हुन तर राज्यको ध्यान खेलाडीको वृद्धि विकासमा पुग्न सकेन।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज