आर्थिक ऐनमा भएको कर छुटको सौहलियत लिन कञ्चनपुरका व्यवसायीलाई आग्रह
महेन्द्रनगर–आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले एक कार्यक्रम गरी कञ्चपनुरका व्यवसायीहरुलाई आर्थिक ऐन ०८१मा भएको कर छुटको सौहलियत लिन आग्रह गरेको छ । शुक्रबार आन्तरीक राजश्व कार्यालय कञ्चनपुरले पत्रकारहरु संग एक औपचारीक कार्यक्रमको आयोजना गरी आर्थिक ऐन ०८१मा उल्लेख गरीएअनुसार आर्थिक बर्ष २०८१ असार मसान्तसम्मको आर्थिक विवरण नवुझाएका तथा कर तिर्न बाकि रहेका सम्पूर्ण व्यवसायीहरुलाई कर छुटको सौहलियत लिन आग्रह गरेको हो ।
पत्रकारहरु संगको छलफलमा आन्तरीक राजस्व कार्यालय कञ्चनपुरका कर अधिकृत विजय भुसालले आर्थिक ऐन ०८१मा उल्लेख गरीएको कर छुटको सौहलियत फागुन मसान्तसम्म रहेको बताउनुभयो । उहाका अनुसार पुराना पेन दर्ता गराएका तर आर्थिक विवरण तथा कर चुक्ता गर्न बाकि रहेका व्यवसायीहरुले शुन्य खर्चमा पेन बन्द गराउन सक्नेछन् । त्यसैगरी १०÷१२ बर्ष भन्दा बढि समयदेखि मासिक विबरण हाल्न बाकि भएका नन फिल्टर...




















