Advertisement

पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव पाण्डेयद्धारा पत्रकार कल्याण कोष स्थापनार्थ सहयोग

महेन्द्रनगर–नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव कुन्दन पाण्डेयले पत्रकार कल्याण कोष स्थापनार्थ आर्थिक सहयोग गरेका छन् । पत्रकारहरुको हक हित लागी खर्च गर्ने गरि महासंघ शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा सचिव पाण्डेयले ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेका हुन ।

पत्रकार महासंघ शाखा कञ्चनपुरले दुर्घट्ना, गम्भीर रोग लागेमा, पत्रकार वा परिवारका सदस्यहरुको देहान्त भएमा आर्थिक सहयोग गर्ने उदेश्यले पत्रकार कल्याण कोषको स्थापना गर्न लागेको छ । पत्रकार कल्याण कोष स्थापना गर्नु सकारात्मक कार्य भएकोले धेरै नभएता पनि सानो रकम भएतापनि सहयोग गरेको सचिव पाण्डेयले बताउनुभयो । ‘मैले गरेको सहयोग सानो हो तर पत्रकारहरुको हक हितको लागि पत्रकार कल्याण कोषको स्थापना हुन लागेको छ , सानै भए पनि आफै बाट सुरुवात गर्नु पर्छ भन्ने मनसायले सहयोग गरेको हुँ,’ उनले भने ‘हुन त मैले यति सहयोग गरे भनेर प्रचार प्रचार गर्ने, भन्ने कुरा राम्रो होइन, मैले यो गरे त्यो गरे भन्ने कुरामा अहमता देखिन्छ, अब सबैले सहयोग गर्न आग्रह गर्दछु ।’
पत्रकारहरु कुनै घटना दुर्घटनामा पर्दा वा बिरामी हुदाँ आर्थिक समस्याको मारमा पर्ने गरेको र आर्थिक जोहो गर्न समस्या हुने भएकाले थोरै भएपनी पत्रकार कल्याण कोषको स्थापना गरि आर्थिक सहयोग गर्ने मनसायले महासंघ शाखा कंचनपुरले कल्याण कोषको स्थापना गर्ने लागेको महासंघ शाखा अध्यक्ष सुरेश सिंह धामिले बताउनुभयो ।
पत्रकार कल्याण कोष एक पबित्र र पुण्य कार्य भएकोले महासंघका शाखा सदस्यलगायत अन्य सबैलाइ सकेको आर्थिक सहयोग गर्न समेत धामिले आह्वान गर्नु भएको छ । एक एक थोपा बाट समुद्र बन्ने भएकोले सबैलाई आर्थिक सहयोग गर्न समेत उनले आग्रह गरेका छन । सवै क्षेत्रका व्यक्तिले पत्रकार कल्याण कोषको स्थापनाको लागि सहयोग गर्ने समेत उनले आशा ब्यक्त गरेका छन ।

शाखा सचिव पत्रकार पाण्डेय डेढ दशक देखि पत्रकारिता गर्दै आएका छन । रेडियो कंचनपुरका स्टेसन म्यानेजर समेत रहेका शाखा सचिव पाण्डेय लोकप्रीय संचारकर्मीका रुपमा परिचित छन । सचिव पाण्डेय संग जिल्ला भित्र र बाहिरका आधा दर्जन भन्दा बढी संचार संस्थामा काम गरेको अनुभव समेत रहेको छ । पत्रकार कल्याण कोष कंचनपुरको स्थापनाको लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।

नेपाल उद्योग व्यापार महासंघ कंचनपुरले पत्रकार कल्याण कोष कंचनपुरको स्थापनाको लागि ५१ हजार १ सय ५१ रुपैया आर्थिक सहयोग गरिसकेको छ भने कंचनपुर उद्योग बाणिज्य संघको यहि फाल्गुन १२ गते देखि महेन्द्रनगरको खुल्ला मन्चमा सुरु हुन गइरहेको कंचनपुर पर्यटन महोत्सवमा बिक्री हुने हरेक टिकटको १ रुपैया आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज