नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ कञ्चनपुरको अध्यक्षमा खरेल चयन
महेन्द्रनगर – नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ कञ्चनपुरको अध्यक्षमा विष्णु प्रसाद खरेल चयन भएका छन् । एमाले पार्टी कार्यालय मदन आश्रित सदनमा महासंघको दोस्रो जिल्ला अधिवेशनबाट खरेल अध्यक्ष चयन गरिएका छन् ।
११ सदस्यीय समितिको उपाध्यक्ष जनक भण्डारी, सचिव केशव रावल र कोषाध्यक्ष राजु लामा चयन भएका छन् । समितिमा विरेन्द्र विष्ट, तर्कराज भट्ट, होम बहादुर पन्थी, लोकेन्द्र बम, गुरुदेब पन्त, कुशुम गिरी र चन्द्र बहादुर घडेरी सदस्य भएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्तको प्रमुख आतिथ्यमा अधिवेशन गरिएको छ । भेलामा एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, जिल्ला कमिटी सदस्य विष्णु कँडेल, हरिश भाट लगायतका नेताहरु सहभागी भए ।...




















