Advertisement

बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतले गरेको मनोमानी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र

महेन्द्रनगर–बेदकोट उपभोक्ता समिति अध्यक्ष अर्जुन कठायतले उपभोक्ता समुह, ईकाई समुह गठनमा गरेको मनोमानी विरुद्ध जिल्ला प्रशासन कार्यालय कञ्चपनुरमा अन्य समुहका अध्यक्षहरु लगायत स्थानीयहरुले ज्ञापन पत्र बुझाएका छन् । सोमबार बेदकोट नगरपालिका वडा नं. १० मा उपभोक्ता समूह गठन, उपभोक्ता ईकाई समूह गठनमा अर्जुन कठायतले गरेको बखेडा र मनोमानी विरुद्ध शुक्लाफाटा राट्रिय निकुञ्ज कार्यालयमा पटक पटक पत्र पठाउदा समेत कुनै पनि वास्ता नगरेको भन्दै उपभोक्ता समुहका अध्यक्ष र स्थानीयहरुले सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेललाई सहजीकरण गरीदिन ज्ञापन पत्र बुझाएका हुन ।
सहायक जिल्ला अधिकारी परशुराम पोखरेलले ज्ञापन पत्र बुझ्दै उक्त विषयमा अध्ययन गरी प्रक्रिया अघि बढाउने बताउनु भएको छ । सरस्वती, भगवती, जनज्योती, जानकी र चाहना समुहका अध्यक्ष र सचिव लगायत स्थानीयहरुले हस्ताक्षर गरी सहायक प्रमुख जिल्ला अधिकारी पोखरेललाई सहजीकरण गरीदिन ज्ञापन पत्र बुझाएका छन् । स्थानियहरुले शुक्लाफाटा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन राजेश लम्साल आफ्नो कर्तव्यबाट बिमुख भएकोले प्रमुख जिल्ला अधिकारी गुहार्नुपरेको बताएका छन् । शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा कठायतले मनोमानी ढंगले उपभोक्ता समुह र उपभोक्ता ईकाइृ समुह गठन गरीरहेको गुनासो गरेतापनि कार्यालयले टेरपुच्छर नलगाएको चाहना उपभोक्ता समुहका सचिव गंगा कठायतले बताउनुभयो । बेदकोट नगरपालिका वडा नं १०मा दुई वटा ईकाई समुह रहेका छन् । नयाँगाउमा रहेको उपभोक्ता ईकाई समुहबाट दुई, चथरीबाट तिन जना प्रतिनिधि गरी वडा नं। १० बाट ५ जना प्रतिनिधि छनौट हुनेछन् । अध्यक्ष कठायतले नयाँगाउँको उपभोक्ता ईकाई समुहबाट आफुलाई दादागिरीशैलीमा प्रतिनिधिका लागि छनौट गरेका हुन् । नयाँ गाउको ईकाई गठनका लागि बैधानिक(सक्रिय) ७ ओटा समुह जानकी, चाहना, सरस्वती, भगवती, जनज्योती, रानी र खप्तड उपभोक्ता समुहबाट २÷२ जना प्रतिनिधि छनौट भएका थिए । उनीहरुबाटै ईकाई गठन गर्नु पर्ने भएता पनि अध्यक्ष कठायतले चाहना, जनज्योती, खप्तड र अबैधानिक सिद्धनाथ समुहका प्रतिनिधिलाई मात्रै मिटिङमा सहभागिता गराएर दादागीरीशैली अपनाएर आफुलाई बेदकोट उपभोक्ता समिति चयनका लागि प्रतिनिधि छनोट गराएका थिए । मिटिङमा सहभागिता भएकामध्ये जनज्योती समुहको आधिकारीक प्रतिनिधि कल्पना साउद र सारदा रोकाया हुन् । साउद र रोकायालाई मिटिङमा नै प्रवेश गर्न दिएनन् । उनीहरुको सट्टा जनज्योती समुहबाट अमुक व्यक्तिलाई प्रतिनिधि बनाई मिटिङमा सहभागिता गराएका थिए । भने चाहना समुहबाट आएका दुई जना प्रतिनिधिमध्ये गंगा कठायतले मिटिङ नै बहिस्कार गरेका थिए ।

सिद्धनाथ समुह क्रियाशिल नभएता पनि आफु निकटका प्रतिनिधि आउने भएपछि फर्जी कागज बनाई बैधानिकता दिईएको चाहना समुहका अध्यक्ष गंगा कठायतले बताउनुभयो । उनका अनुसार सात वटा बैधानिक र क्रियाशिल उपभोक्ता समुह भएता पनि तिन ओटा उपभोक्ता समुहका प्रतिनिधिलाई मात्रै मिटिङमा सहभागि गराईएको थियो । अध्यक्ष कठायतले जानकी, सरस्वती, रानी र भगवती उपभोक्ता समुहबाट आएका प्रतिनिधिलाई मिटिङमा प्रवेश गर्न नदिएपछि विरोध जनाएको भगवती उपभोक्ता समुहकी अध्यक्ष गंगा कठायतले बताउनुभयो ।
अध्यक्ष अर्जुन कठायतले आफु निकटका प्रतिनिधि नआउने थाहा पाएपछि सक्रिय समुहलाई पनि नविकरण गर्न दिएको छैन । बेदकोट उपभोक्ता समितिका अध्यक्ष अर्जुन कठायतले दर्ता भएर सक्रिय रहेका भेराल, नवदुर्गा र कैलास उपभोक्ता समुहलाई नविकरण गर्न दिएको छ्रैन् । ति समुहमा बचत गर्नेदेखि विभिन्न क्रियाकलाप सक्रियरुपमा रहेको छ ।

 

अध्यक्ष अर्जुनले वडा नंम्बर १० मा चाहना र सरस्वती उपभोक्ता समूह गठनमा पनि मनपरी गरेका थिए । उनले कहाँसम्म मनपरी गरेका थिए भने ३४ जना उपभोक्ता रहेको समुमा अमुक उपभोक्ता ल्याएर २७ जनाको उपस्थीति बनाई प्रतिनिधि छनौट गरेका थिए । त्यसैगरी सरस्वति समुहमा पनि उपभोक्तालाई जानकारी नै नगरी प्रैतिनिधि छनौट गरेका थिए । आफ्नो समुहबाट अमुक व्यक्ति प्रतिनिधि छनौट भईसकेको सूचना पाएपछि स्थानीयले विरोध गरेका थिए । विरोध गरेपछि माफि मागेका अध्यक्ष अर्जुनले विवाद भएका समुहको प्रतिनिधि पुनः चयन गर्ने बताएका थिए । त्यसपछि उनले गाउँमै गएर प्रतिनिधि छनौट गरेका थिए । दुई कार्यकाल बेदकोट उपभोक्ता समिति अध्यक्ष बनेका अर्जुनले फेरी पनि अध्यक्ष हुनको लागि मनोमानी ढंगले उपभोक्ता समुह गठनदेखि उपभोक्ता ईकाई समुह गठनमा बखेडा झिकिरहेको स्थानीयको भनाई रहेको छ ।

 

स्थानीयहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षण तथा वन्यजन्तु संरक्षणका लागि गठन गरिने समितिमा केही निश्चित व्यक्तिलाई मात्र समावेश गरी अन्य समुदायलाई बेवास्ता गरिएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज