Advertisement

सुदूरपश्चिम

लालझाडी गाँउपालिकाले ५ हजार घरमूलीको म्यादी जीवन विमा गर्दै

लालझाडी गाँउपालिकाले ५ हजार घरमूलीको म्यादी जीवन विमा गर्दै

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–लालझाडी गाँउपालिकाले ५ हजार घरधुरीका घरमूलीको विमा गर्ने भएको छ । लालझाडी गाँउपालिकाले गाँउपालिका भित्र बसोबास गर्ने ५ हजार घरधुरीका घरमूलीको म्यादी जीवन विमान गर्ने भएको हो । बुधबार ५ हजार घरधुरीका घरमूलीको म्यादी जीवन विमा गर्नका लागि लालझाडी गाउपालिका अध्यक्ष निर्मल रानाले प्रभु महालक्ष्मी ईन्स्युरेन्स कम्पनीसंग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । विमा कार्यक्रमका लागि विभिन्न प्राबिधिक सहयोग बिएनएस ग्रुप अफ कम्पनीको रहने सम्झौतामा उल्लेख गरीएको छ । पालिका भित्रका स्थानीयको विभिन्न प्रकारका घट्ना दुर्घट्ना तथा घातक रोग लागी हुन सक्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै लालझाडी गाँउपालिकाले ५ हजार घरमुलीको म्यादी जीवन विमा गर्न लागेको पालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो । म्यादी विमाले विमितलाई विभिन्न १५ प्रकारका घातक रोगबाट हुने मृत्यूमा र दुर्घट्नाबाट हुने मृत्यूमा ...
लालझाडीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीदै, शिविरमा ११ जना विशेषज्ञ डाक्टरले सेवा दिने

लालझाडीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीदै, शिविरमा ११ जना विशेषज्ञ डाक्टरले सेवा दिने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेपाली सेनाले बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । शनिबार लालझाडी गाउपालिकाको समन्वय तथा श्री नं २५ बाहिनी अड्डा भगतपुरको आयोजनामा लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित भानु माध्यमिक विद्यालय कञ्जमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको हो । स्वास्थ्य शिविरमा ११ विशेषज्ञ चिकित्सक तथा अन्य मेडिकल अधिकृतहरूले सेवा प्रदान गर्ने बाहिनीपति माधव थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेनाको सैनिक अस्पताल नेपालगञ्ज, धनगढी तथा महाकाली प्रादेशिक अस्पतालका चिकित्सकहरूको टोली सहभागी हुनेछ । शिविरमा फिजियोथेरापी, छाला तथा यौन रोग, अर्थोपेडिक ओपिडी, अल्ट्रासाउण्ड, भिडियो एक्स–रे, नाक, कान, घाँटी, दाँत, स्त्री तथा बाल रोगसम्बन्धी सेवा प्रदान गरिने छ । शिविरबाट एक हजारभन्दा बढी स्थानीय लाभान्वित नेपाली सेनाले जनाएको छ । वृद्धवृद्धा, बालबालिका...
भृकुटी माविमा कक्षा १० को एसईई र कक्षा ८ को बोर्ड परिक्षालाई मध्यनजर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन

भृकुटी माविमा कक्षा १० को एसईई र कक्षा ८ को बोर्ड परिक्षालाई मध्यनजर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगरको भृकुटी माविले एसईई र कक्षा ८को बोर्ड परीक्षा दिने कमजोर विद्यार्थीलाई मध्यनगर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन गरेको छ । भृकुटी माविले प्रधानाध्यापक केशर सिंह महराको संयोयजकत्वमा एसईईको र सहायक प्रधानाध्यापक चक्र बहादुर महराको संयोजकत्वमा कक्षा ८ को ट्यूसन संयोजकको जिम्मेवारी दिदै बिभिन्न विषयका विहान र साझको समयमा निशुल्क ट्यूसन कक्षा संञ्चालन गरेको हो । निशुल्क ट्यूसन कक्षा अन्तरगत एईईको लेखा तथा कार्यालय संञ्चालन विषय रामदत्त अवस्थी, गणित विषय चक्र बहादुर महरा, अंग्रेजी विषय प्रअ केशर सिंह महरा, विज्ञान विषय लक्ष्मी भट्ट, सामाजिक विषय चन्द्र प्रकाश जोशी, नेपाली विषय हरी प्रसाद जोशी र ईन्द्रदेव पाठकले पढाईरहनुभएको छ । ट्यूसन कक्षामा विद्यार्थीहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको कक्षा आठका ट्यूसन संयोजक चक्र महराले बताउनुभयो । कमजोर विद्यार्थीलाई मध्यनजर राख...
एमालेको जरा अभियानमा मुक्ति समाजले ३५ हजार सदस्य बनाउने

एमालेको जरा अभियानमा मुक्ति समाजले ३५ हजार सदस्य बनाउने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सत्तारुढ एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाजले ३५ हजार सदस्य बनाउने लक्ष्य लिएर तीन महिने जरा अभियानमा होमिएको छ । एमाले केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुरमा एमाले र एमाले सम्बद्ध सबै जनवर्गीय संगठन तीन महिने जरा अभियान सञ्चालन गरि रहेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरका अध्यक्ष राजेन्द्र आग्रीले तीन महिने जरा अभियान अन्र्तगत जिल्लाभर मुक्ति समाजले पार्टी कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन गरेको जानकराी दिनुभयो । अध्यक्ष आग्रीका अनुसार जरा अभियान अन्र्तगत जिल्लाभर समाजका ३५ हजार सदस्य बनाउने लक्ष्य छ । ‘३५ हजार सदस्य बनाउने लक्ष्य लिएर अभियानमा लागेका छौ’ उनले भने, यस अन्तर््गत जिल्लाको ९ ओटै पालिका बैठक तथा ९२ वटै वडा सम्मेलन तीव्र रुपमा गरि रहेका छौ ।’ अभियानका लागि पालिकाका सबै कमिटी परिचालन गरिएका छन् । पार्टी सदस्यता नविकरण, थप सदस्य वितर...
एलबीएका विद्यार्थीले एलबीए टी–२० क्रिकेट कपको उपाधि बाहिरीन दिएनन्

एलबीएका विद्यार्थीले एलबीए टी–२० क्रिकेट कपको उपाधि बाहिरीन दिएनन्

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कबर्ड हलमा सञ्चालित एलबीए टी २० क्रिकेट कपको उपाधि आयोजक लिटिल बुद्ध एकेडेमीले जितेको छ । मंगलबार फाइनल खेलमा होली फेमली इङ्गशिल मिडियम स्कुललाई १ सय १४ रनले हराउँदै लिटिल बुद्धका विद्यार्थीले उपाधि हात पारेको हुन । फाइलन जितेसंगै लिटिल बुद्ध एकेडेमीले नगद १ लाख १५ हजार सहित ट्रफी हात पारेको छ । उप विजेता होली फेमलीले नगद ६० हजार सहित ट्रफी जित्यो । फाइनल खेलमा टस जितेर बलिङ्ग रोजेको लिटिल बुद्धले निर्धारित ओभरमा २२२ रन बनाएको थियो । २२३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको होली फेमली हेमली निर्धारित ओभरमा सबै बिकेर गुमाएर १०९ रन जोड्यो । प्रतियोगितामा लिटिल बुद्धका प्रेम ठकुराठी वेष्ट बलर, पुकार चन्द वेष्ट ब्याटर र निराजन गौतम प्लेयर अफ टुर्नामेन्ट भएका छन् । यसैगरी उप विजेता होली फेमलीका विपिन पाल इमर्जिङ्ग प्लेयर भएका छन् । उनीहरु सबैलाई नगद पुरस्कार प्रदान गरिएको छ । प्ले...
सुप प्रदेशका सभामुख भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु

सुप प्रदेशका सभामुख भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु भएको छ । बझाङको मस्टा गाउँपालिका वडा नम्बर ७ घर भएका ३४ वर्षीय सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । लामो समयदेखि सभामुखका अंगरक्षक रहेका बोहराको सोमबार धनगढी-अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका वडा नम्बर २ मा बोहरा सवार सुप•प्र•०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका इन्स्पेक्टर दर्शन खड्काले बताए ।...
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख खड्काद्धारा बेदकोट ५ मा निर्माणाधिन जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्मको अनुगमन

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख खड्काद्धारा बेदकोट ५ मा निर्माणाधिन जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्मको अनुगमन

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरकार्यालयका प्रमुख श्याम सिंह खड्काले बेदकोट नगरपालिका वडा नं. ५ मा निर्माणाधिन जलबायु प्रविधिमा आधारित कुखुरा पालन फर्मको अनुगमन तथा अवलोकन गर्नुभएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर कार्यालयका प्रमुख खड्काले प्रदेश सरकारको पचास प्रतिशत अनुदान रकममा उकृष्ठ कृषक टंक प्रसाद जोशीले निर्माण गरीरहेको जलबायु प्रविधिमा आधारित कुखुरा पालन फर्मको अनुगमन तथा स्थलगत अवलोकन गर्नुभएको हो । उहाले निर्माणाधिन फर्मको अवलोकन गरी कृषक जोशीबाट निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ । उहाँले फर्मको ६० प्रतिशत निर्माण प्रगति भएको जानकारी कृषक जोशीले दिएको बताउनुभयो । ‘हामीले फर्मको अनुगमन गरेका छौ, अनुगमनको क्रममा सन्तोसजनक ढंगले निर्माण कार्य भईरहेको छ,’ कार्यालय प्रमुख खड्काले भन्नुभयो ‘अनुगमनको क्रममा फर्मको भौतिक संरचन...
नेवि संघ सहितका युवा विद्यार्थीले दिए धर्ना

नेवि संघ सहितका युवा विद्यार्थीले दिए धर्ना

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी लगायत कञ्चनपुरकै अतिक्रमित सरकारी जमिन खाली गराउनुपर्ने माग अघि सारेर जिल्लाका सकृय युवा विद्यार्थीले प्रशासनमा धर्ना दिएका छन । आइतबार संयुक्त युवा विद्यार्थीले अतिक्रमित सरकारी जमिन खाली गराउनुपर्ने माग अघि सारेर जिल्लाका सकृय युवा विद्यार्थीले प्रशासनमा धर्ना दिएका हुन । सत्ताधारी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ सहित विपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा बहुमत, रास्वपा सहितका दलका युवा विद्यार्थीले धर्ना दिएका छन । नेकपा एकीकृत समाजवादी अनेरास्ववियु कञ्चनपुरका इन्चार्ज रमेश पन्तले सरकारी जमिनमा अवैध तरिकाले निर्माण भएका सरचना हटाउनका लागि पालिका सहितका प्रशासन कार्यालयले अटेरी गरेपछि साँकेतिक रुपमा धर्ना दिएको बताए । ‘गत बर्ष ६ चैत्र ०८० मा प्रशासन कार्यालय नेतृत्वमा जिल्लाभरीका पालिका सरकारले आ–आफ्नो प...
शारदा विद्यापिठ क्याम्पस प्रमुखमा जोशी

शारदा विद्यापिठ क्याम्पस प्रमुखमा जोशी

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – शारदा विद्यापिठ क्याम्पसको प्रमुखमा उपप्राध्यापक हरिलाल जोशी नियुक्त भएका छन । नेपाल सस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस शारदा विद्यापिठ क्याम्पस महेन्द्रनगरको प्रमुखमा जोशी नियुक्त भएका हुन । जोशीलाई उपकुलपति कार्यालयले क्याम्पस प्रमुखको जिम्मेबारी दिएको जनाएको छ । क्याम्पस प्रमुखको जिम्मेबारी पाएका शारदा विद्यापिठ क्याम्पस प्रमुख हरिलाल जोशीले संस्कृत, ज्योतिस विद्या सहित क्याम्पस शैक्षिक गुणस्तर बृद्धि बृद्धि विकासदेखिका कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।...
०८१ फागुनदेखि कुनै पनि दलमा आवद्ध नभएको रामऔतार रानाको घोषणा

०८१ फागुनदेखि कुनै पनि दलमा आवद्ध नभएको रामऔतार रानाको घोषणा

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरका समाजसेवी एव राजनीतिकर्मी राम औतार रानाले आफु कुनैपनि दलमा आबद्ध नभएको घोषणा गरेका छन । आईतबार एक विज्ञप्ती जारी गर्दै विगतमा राप्रपा हुँदै गत असारसम्म समाजवादीका केन्द्रीय सदस्य रहेका रानाले आफु कुनैपनि दलमा आबद्ध नभएको घोषणा गरेका हुन । उनले आफु ०४९ सालदेखि ३१बर्षसम्म राजनीतिक क्षेत्रमा क्रियाशिल रहेको जनाउँदै आएको उल्लेख गरेका छन् । दलहरुले देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थनिहित व्यक्तिगत लाभ केन्द्रीत भएको जनाउँदै आफु फागुनदेखि कुनैपनि दलमा आबद्ध नभएको रानाले घोषणा गरेका छन । शुक्लाफाँटा १ बन्साह, ११अमरपुर निवासी रानाले विज्ञप्ती मार्फत दलमा आबद्ध नभई समाजिक क्षेत्रमा क्रियाशिल रहेर देश र जनताको पक्षमा सकृय हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज