Advertisement

लालझाडीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीदै, शिविरमा ११ जना विशेषज्ञ डाक्टरले सेवा दिने

महेन्द्रनगर–कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेपाली सेनाले बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । शनिबार लालझाडी गाउपालिकाको समन्वय तथा श्री नं २५ बाहिनी अड्डा भगतपुरको आयोजनामा लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित भानु माध्यमिक विद्यालय कञ्जमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको हो । स्वास्थ्य शिविरमा ११ विशेषज्ञ चिकित्सक तथा अन्य मेडिकल अधिकृतहरूले सेवा प्रदान गर्ने बाहिनीपति माधव थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली सेनाको सैनिक अस्पताल नेपालगञ्ज, धनगढी तथा महाकाली प्रादेशिक अस्पतालका चिकित्सकहरूको टोली सहभागी हुनेछ । शिविरमा फिजियोथेरापी, छाला तथा यौन रोग, अर्थोपेडिक ओपिडी, अल्ट्रासाउण्ड, भिडियो एक्स–रे, नाक, कान, घाँटी, दाँत, स्त्री तथा बाल रोगसम्बन्धी सेवा प्रदान गरिने छ । शिविरबाट एक हजारभन्दा बढी स्थानीय लाभान्वित नेपाली सेनाले जनाएको छ । वृद्धवृद्धा, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने छ ।

बाहिनीपति थापाले स्वास्थ्य शिविरमा अन्य पालिकाका सेवाग्राहीले पनि सेवा प्राप्त गर्न सक्ने जानकारी दिनुभयो । आवश्यक औषधि तथा सहायक सामग्री विभिन्न सहयोगी संस्थाहरूले प्रदान गर्ने बताइएको छ । बाहिनीपति थापाका अनुसार स्वास्थ्य शिविरका साथै सैनिक प्रदर्शनी, लागु औषध दुर्व्यसन रोकथामबारे जनचेतना, वातावरण संरक्षणसम्बन्धी सचेतना, सांस्कृतिक कार्यक्रम, मन्दिर सरसफाइ, सर्प दंशसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि गरिने छन् । ती अन्य गतिविधिहरू भने आजैदेखि सुरु हुँदै छन् ।

नेपाली सेनाले विपद् व्यवस्थापन, सामाजिक कार्य तथा भौतिक पूर्वाधार निर्माणमा समेत योगदान दिँदै आएको छ । सेनाले नागरिकसँग सहकार्य अभिवृद्धि गर्न विभिन्न समयमा अन्तरक्रियात्मक कार्यक्रमहरू गर्दै आएको छ ।

उक्त शिविरबाट सक्दो बढिभन्दा बढि लाभ उठाउन लालझाडी पालिकाबासीलाई गाउँपालिका अध्यक्ष निर्मल रानाले आग्रह गर्नुभएको छ । उहाले शिविर आयोजना गर्नुको मुख्य उदेश्य लालझाडीका स्थानीयलाई गाउघरमै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नु रहेको बताउनु भयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज