Advertisement

एलबीएका विद्यार्थीले एलबीए टी–२० क्रिकेट कपको उपाधि बाहिरीन दिएनन्

महेन्द्रनगर–कबर्ड हलमा सञ्चालित एलबीए टी २० क्रिकेट कपको उपाधि आयोजक लिटिल बुद्ध एकेडेमीले जितेको छ । मंगलबार फाइनल खेलमा होली फेमली इङ्गशिल मिडियम स्कुललाई १ सय १४ रनले हराउँदै लिटिल बुद्धका विद्यार्थीले उपाधि हात पारेको हुन ।
फाइलन जितेसंगै लिटिल बुद्ध एकेडेमीले नगद १ लाख १५ हजार सहित ट्रफी हात पारेको छ । उप विजेता होली फेमलीले नगद ६० हजार सहित ट्रफी जित्यो ।
फाइनल खेलमा टस जितेर बलिङ्ग रोजेको लिटिल बुद्धले निर्धारित ओभरमा २२२ रन बनाएको थियो । २२३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको होली फेमली हेमली निर्धारित ओभरमा सबै बिकेर गुमाएर १०९ रन जोड्यो । प्रतियोगितामा लिटिल बुद्धका प्रेम ठकुराठी वेष्ट बलर, पुकार चन्द वेष्ट ब्याटर र निराजन गौतम प्लेयर अफ टुर्नामेन्ट भएका छन् । यसैगरी उप विजेता होली फेमलीका विपिन पाल इमर्जिङ्ग प्लेयर भएका छन् ।

उनीहरु सबैलाई नगद पुरस्कार प्रदान गरिएको छ । प्लेयर अफ टुर्नामेन्ट गौतमलाई नगद ५ हजार र अन्य सबैलाई २ लाख ५ सय पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिताका विजेता र उप विजेता दुबै टीमलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरे । क्यान अध्यक्ष चन्दको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरियो । कार्यक्रममा क्यान कञ्चनपुरका अध्यक्ष विरेन्द्र बहादुर चन्द, मन्त्र हस्पिटलका निर्देशक डा। गोबिन्द रोकायालाई सम्मान गरिएको छ । मन्त्र हस्पिटलले प्रतियोगितामा हेल्प डेस्क राखेर सहयोग गरेको हो । कैलाली र कञ्चनपुरका विभिन्न विद्यालयका १६ टीम प्रतियोगितामा सहभागी भएका छन् ।

समापन कार्यक्रमका प्रमुख अतिथि क्यान अध्यक्ष चन्दले अहिले क्रिकेटमा आकर्षण बढेको उल्लेख गर्दै सबैको सकारात्मक सोचले नेपाली क्रिकेट गति लिन सक्ने अवस्थामा पुगेको बताए ।

‘पोजिटिभ सोचले नेपाली क्रिकेट माथि जान सक्छ,’ उनले भने,‘अहिले क्रिकेटले चर्चा पाएको छ, यसको लेभल बढेको छ, यति मात्रै होइन आकर्षण पनि बढेको छ, युवा युवती सबैको आकर्षण बढेको छ ।’

अध्यक्ष चन्दले क्यानको एक्लो प्रयासले मात्रै क्रिकेट खेलको विकास सम्भव नभएको उल्लेख गरे । लिटिल बुद्धले २१ दिन लामो प्रतियोगिता आयोजना गरी खेल क्षेत्रमा पुगाएको योगदानको उनले प्रशंसा गरे । अण्डर १६ क्रिकेट प्रतियोगिताका लागि बैशाखदेखि तयारी थालिने अध्यक्ष चन्दले जानकारी दिए । विद्यालय स्तरीय प्रतियोगिताबाट खेलाडी छनौट गरिने उनको भनाई थियो । अध्यक्ष चन्दले नेपालका क्रिकेट खेलाडी वार्षिक रुपमा ५० कमाउने सक्ने हैसियतमा पुगेको बताए । ‘अहिले राम्रा १०÷१२ खेलाडीले वार्षिक ५० लाख कमाउँछन्, यसबाट क्रिकेटर खेलेर पनि राम्रै कमाउन सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ’ उनले भने ।

क्रिकेट खेलको विकास र विस्तार अनुसार सरकारले पूर्वाधार बनाउन नसक्दा समस्या परेको अध्यक्ष चन्दले बताए । ‘सरकारले गतिलो पूर्वाधार बनाउन सकेको छैन, यही कबर्ड हलमा पनि प्रतियोगिता सकिने बित्तिक्कै पिचमा मोटरसाइकल सिक्न आउँछन् होला’ उनले भने,‘यो हिसाबले हुँदैन ।’

अध्यक्ष चन्दले कबर्ड हलका पिच भन्दा सुदूरपश्चिमका पहाडी जिल्लामा राम्रो पिच बनेको उल्लेख गरे । उनले कबर्ड हलमा क्रिकेट पिच बनाउन छिटो रकम निकासा गरिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा लिलिट बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयले स्थापनादेखि विभिन्न खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको र यसलाई निरन्तरता दिने बताए ।

उनले विद्यालयले भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए । मौनी कञ्चनपुुर जिल्ला भलिबल संघका अध्यक्ष हुन् । लिटिल बुद्ध १८ वर्ष अघि स्थापना गरिएको थियो ।

मौनीले क्रिकेट प्रतियोगिताको पुरस्कार राशी समेत बढाउने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र सिह खत्रीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्ट, कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट, एन प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्ष बीर बहादुर चन्द, क्यान केन्द्रीय सदस्य विरेन्द्र चन्द, क्रिकेट सुदूरपश्चिम सचिव लक्ष्मणदत्त भट्ट लगायत खेलाडी, विद्यार्थी, प्रशिक्षक लगायत सहभागी भएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज