भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् ।
जिल्लाको सबैभन्दा धनी र सुगम पालिकाको दुर्गमबस्ती(तराईको कर्णाली)का रुपमा परिचित खल्लामछेट्टीमा महाकाली बुहप्राविधिक शिक्षालयको आयोजना तथा भीमदत्त नगरपालिकाको व्यवस्थापन एवं मन्त्र अस्पतालको प्राविधिक सहयोगमा आयोजित एकदिने निशुल्क स्वास्थ्य शिविरबाट ५४ जना महिला र ३९ जना पुरुष गरी ९३ जना लाभान्वित भएका हुन् ।
महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल सिह साउदले ग्रामिण भेगका नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउने उदेश्यसहित शिक्षालयले सामाजिक उत्तरदायित्व अन्तरगत दुर्गमबस्ती खल्लामछेट्टीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको बताए । विशेषज्ञ डाक्टरहरुको सेवा सहितको शिबिरमा रगत जाँच, खकार जाँच, औषधी निशुल्क वितरण गरीएको निर्देशक साउदले ...




















