पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै
महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत्कालीन अध्यक्ष डिबी बिष्ट र ललित सिंहले बराबर मत प्राप्त गरेका थिए। बराबरी मत आएपछि चिठ्ठा प्रक्रियामार्फत पहिलो र दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी बाँडफाँट गरिएको थियो।
चिठ्ठा प्रक्रियाबाट डिबी बिष्ट पहिलो १८ महिनाका लागि अध्यक्ष चयन भएका थिए भने अब उनको कार्यकाल समाप्त हुन लागेकाले ललित सिंहले बाँकी १८ महिनाका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन्।
ललित सिंहको पदभार ग्रहण कार्यक्रम असार १ गते साेमबारका लागि तय गरिएको छ। यससँगै महासंघ बझाङले पूर्वनिर्धारित सहमतिअनुसार नेतृत्व हस्तान्तरण प्रक्रिया पूरा गर्न लागेको हो।...

















