एमालेको स्वंसेवी दस्ता हिंसा र अराजकताका विरुद्ध हो : अध्यक्ष ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्वयंसेवी दस्ता,नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) कसैका विरुद्ध नभइ हिंसा र अराजकताका विरुद्ध गठन गरिएको बताउनुभएको छ ।
एनभिएफको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्य संयन्त्रले मात्र जनता,जनधनको,औद्यागिक प्रतिष्ठान वा मिडिया हाउसको संरक्षण गर्न नसकेकोले स्वंयसेवी दस्ता बनाउनु परेको ओलीले बताउनुभयो । ‘यदी कसैले शान्ती भंग गर्न खोज्छ भन्ने हामीले रोक्नु पर्दछ । आगजनी तोडफोडको राक्षसी राज चलाउन खोज्छ भने यो फोर्सले रोक्नेछ’ अध्यक्ष ओलीले फोर्सका बारेमा भन्नुभयो ‘फोर्सले प्राकृतिक विपत्ती र जनताका समस्या समाधानमा काम गर्नेछ ।’
अध्यक्ष ओलीले फोर्स कसैको अहितका लागि नभएको स्पष्ट पार्नु भयो । फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरुको पनि सुरक्षा गर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले जेन जीका नाममा नक्कलीहरु खड...




















