Advertisement

जेनजीलाई ढाल बनाएर देशमा आंतक मच्चाइयोः एमाले नेता रावल

महेन्द्रनगर। नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सुशिला कार्की सरकारले चौतर्फी आक्रमण गरिरहेको बताएका छन्।
विगतमा राणा, दरबारीया, पञ्चायती शैलिजस्तै अहिले असंवैधानिक तवरले बनेको कार्की सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गरिरहेको उनले बताए।
नेता रावलले जेनजीलाई ढाल बनाएर देशमा आंतक मच्चाएर असंवैधानिक कदम चालिएको उल्लेख गरे। हतियार र कैदी बाहिर रहेको अवस्थामा वर्तमान सरकारले चुनावको मञ्चन मात्रै गरिरहेको उनको आरोप छ।
संविधानको रक्षा र प्रतिगामी षड्यन्त्रविरुद्ध शनिबार महेन्द्रनगरमा नेकपा एमालेले ¥याली निकालेको थियो।
महेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयबाट सुरु भएको जनजागरण ¥याली पोलिट्व्यूरो सदस्य रावलको नेतृत्वमा निकालिएको हो। रावलको प्रमुख आतिथ्यतामा भएको ¥यालीमा एमाले नेता कार्यकर्ताको बाक्लो उपस्थित थियो।
यस्तै नेता रावलले कोणसभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री सुशिला काकीले देशलाई नै कार्कीमय बनाउन खोजेको बताए। त्यसैले एमालेले देश जगाउने अभियान सञ्चालन गरेको उनले बताए। ‘यो राष्ट्रियता जोगाउने अभियान हो, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशितासहित समाजवादको दिशा उन्मुख व्यवस्थामाथि प्रहार भएको छ,’ उनले भने, ‘हामीले बुझ्नु जरुरी छ, यो राष्ट्रियता र व्यवस्था जोगाउने अभियान हो, जनताको सार्वभौम सत्ता जगाउने अभियान हो।’
अनिर्वाचित सरकार मुर्दावाद भन्नुपर्ने अवस्था आएको उनले बताए। ‘संविधान कुल्चिएको छ, संविधान छटपटाई रहेको छ, त्यसकारण संविधानको रक्षार्थ लोकतन्त्रका पक्षधर एक ठाउँमा आउनुपर्छ,’ उनले भने, ‘यो चुनावको नाटकले आसेपासे पार्टी खोल्दैछन्।’
सरकारमा गएकाहरु अहिले भ्रष्टाचारी प्रमाणित भएको उनको भनाइ छ। ‘यो देशको उर्जामन्त्री भारतसँग सम्झौता गरेर कमिसनको खेलमा लागेर अर्वौ रुपैयाँ कुम्ल्याउछ,’ उनले भने, ‘कसैले आफ्ना छोरीका संस्थाहरुलाई बचाउनुपर्ने अवस्था आएको छ, छोरीका कुकर्महरुलाई न्यालयका ढोकामा पस्न नदिने क्रियाकलापतर्फ उनीहरु लागेका छन्।’ कोणसभालाई अर्का पोलिटव्यूरो सदस्य निरुदेवी पाल र जिल्ला अध्यक्ष लक्ष्मी बुढाले पनि सम्बोधन गरेका थिए।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज