थारू सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
हेमा भट्ट, कञ्चनपुर - कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा थारू रहनसहन, संस्कृतिक नाच तथा थारू परिकार प्रदर्शन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम थारू कल्याणकारी सभा, जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा र सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा थारू कल्याणकारी सभा कृष्णपुर नगर कार्य समितिको समन्वयमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय गीता चौधरी रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा कृष्णपुर नगर प्रमुख हेमराज ओझा र नगर उप–प्रमुख द्रौपती रानाको उपस्थिति रहेको थियो। साथै, कृष्णपुर नगरपालिकाका सबै ९ वटै वडा अध्यक्षहरू, सामुदायिक वनका अध्यक्षहरू, थारू कल्याणकारी समितिका पदाधिकारी, भलमन्सा लगायतको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व थारू कल्याणकारी जिल्ला कञ्चनपुर अध...




















