नयाँ खबर
महेन्द्रनगर– डडेल्धुरा जिल्लाको भित्रीमधेश अर्थात परशुराम नगरपालिकामा ‘मेयर विजनेस कप कार्यक्रम’ संञ्चालन हुन लागेको छ । परशुराम नगरपालिकाले एक सूचना जारी गर्दै ‘मेयर विजनेस कप कार्यक्रममा सहभागिता हुन ईच्छुक स्थानीयवासीलाई निवेदन दिन हनुरोध गरेको हो । नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२को बजेट अन्तर्गत नवीनतम ज्ञान, सोच, सीप र क्षमतायुक्त उद्यमीलाई नवप्रवद्धनात्मक व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागेको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले बताईन् ।

उक्त कार्यक्रममा सहभागिताका लागि परशुरामन गरपालिकामा स्थायी बसोवास भएको र परशुराम नगरपालिकामा नै उद्यम गर्ने ईच्छुक व्यक्तिले मेयर विजनेस कप कार्यक्रम संञ्चालन कार्यविधि, २०८१ को अनुसूची १ अनुसार आवश्यक विवरणहरु भरी जेठ २५ गतेभित्र कार्यालयमा निवेदन पेस गर्नुपर्ने नगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।

मेयर विजनेस कप कार्यक्रम संञ्चालन कार्यविधि, २०८१ मा व्यवसाय दर्ता नभएको व्यक्तिले पनि आवेदन दिन सक्ने लेखिएको छ । तर उक्त व्यक्तिको प्रस्तावना छनौट भएको खण्डमा पालिकाले फर्म दर्ता भएर काम सुरुवात भएपछि मात्र सहयोग रकम दिने व्यवस्था रहेको छ । यो कार्यक्रम अन्तर्गत छनौट भएका प्रस्तावनालाई व्यवसाय स्थापना तथा बृद्धि विकासका लागि अधिकतम दुई लाखसम्म रकम उपलब्ध गराउनेछ । व्यवसायमा लाग्ने कुल लागतको २० प्रतिशत पुजि व्यवसायी आफैले लगानुपर्ने छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।