Advertisement

आजदेखि देशैभर यातायात बन्द

महेन्द्रनगर–यातायात व्यवसायीहरुले आफना माग पुरा नभएकोभन्दै आजदेखि अनिश्चितकालिन यातायात बन्दको आह्वान गरेका छन् । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै गण्डकी प्रदेश सरकारले ल्याएको यातायात सम्बन्धीको ऐनले परीमार्जन गर्नुपर्ने माग पुरा नभएको भन्दै यातायात व्यवसायीले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।
सरकारसंग राखेका सात बुँदे माग पुरा नभएपछि कञ्चनपुरसहित १९ जेष्ठदेखी देशैभरमा अनिश्चितकालिन यातायात ठप्प पार्ने घोषणा गरेका थिए । सार्वजनिक यातायात बचाउ संघर्ष समिति कञ्चनपुरका अध्यक्ष जनक बहादुर चन्दले आफुहरुमाथि सरकारले अन्याय गरेकाले न्यायका लागि सडक आन्दोलन रोजेको बताए । ‘हामीहरुलाई सरकारले पटक पटक आन्दोलन गराउन उद्यत छ, ‘उनले भने, ‘सरकारको यस्तो अन्यायपूर्ण विभेदकारी निर्णय बिरुद्धमा आफ्नै सवारी साधन थन्क्याएर आन्दोलन गर्न बाध्य भएका छौँ , यसमा सम्पूर्ण मजदुर संघ संगठनदेखि यातायात व्यवसायीको साथ सर्मथन रहेको छ ।’

 

१ जेठ ०८२ मा गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो प्लेट)संचालन गर्नका लागि ल्याएको नियमावलीको दफा २ को (ज) तत्तकाल खारेजीको माग अघि सारेर आन्दोलनमा उत्रिएका हुन । सार्वजनिक यातायात बचाउ संघर्ष समिति कञ्चनपुरले सरकारसग सात बुँदे माग अघि सारेर आन्दोलनमा उत्रिएको जनाएको छ । सार्वजनिक यातायात बचाउ संघर्ष समिति सदस्य तथा महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिका सचिव देवराज जोशीले गण्डकी प्रदेश सरकारले संघीय यातायात ऐन ०४९को परिच्छेद २को दफा ८को २ र दफा १२को १विपरित गण्डकी प्रदेशले ऐन ल्याएको र अन्य प्रदेशले समेत ल्याउन खोजेको भन्दै केन्द्रीय कार्यक्रम अनुरुप जिल्ला, प्रदेशमा पनि आन्दोलनमा उत्रिएको बताए ।

उनका अनुसार १३ जेठदेखि निरन्तर भईरहेको आन्दोनलन १८ गतेदेखि शसक्त बनाईएको छ । ‘हामीले १८ जेठमा सबै सवारी साधनमा कालो झण्डा सहित ¥याली ग¥यौ, काममा जान्छौँ, ‘उनले भने, ‘यतीगर्दासम्म हाम्रा माग सरकारले सुनेन् त्यसकारण हामी १९ जेठदेखि अनिश्चितकालिन यातायात सेवा ठप्प पारेर आन्दोलनमा उत्रिन्छौँ ।’

सो दिन आ–आफ्ना सवारी साधन घर, बसपार्क, ग्यारेजमै थन्क्याएर यातायात हड्ताल सुरु गरेको उनले भने । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका उपाध्यक्ष डम्बरराज पन्तले सरकारले जहिलेपनि यातायात व्यवसायी मजदुरमाथि अन्याय गरिरहेको बताए । उनले अहिले पनि प्रदेश सरकारले यातायातसंग सम्बन्धीत ऐनलाई प्रदेश सरकारले बाँझिने गरेर ल्याएको भन्दै संघीय सरकार टुलुटुलु हेरिरहेको बताए ।

 

महाकाली यातायात बहुउदेश्यीय प्रालिका अध्यक्ष समेत रहेका पन्तले संघ संस्था ऐन ०३४ अनुरुप यातायातसंग सम्बन्धीत रहेका संस्था नविकरणका जागि २०चैत्र ०८०मा सर्वोच्च अदालतले दिएको परामादेशको सरकारले कार्यान्वयन नगरेको बताए । बीमादेखि, भारतीय सवारी साधन सचालन, मालवाहक सवारी साधन नियमन निर्देशिका कार्यान्वयनदेखिका विविध माग अघि सारेर आन्दोलनमा उत्रिएको अध्यक्ष पन्तले बताए ।

 

‘अब सवारी साधन दुर्घटना बीमा पनि समयसापेक्ष हुनु्पर्छ, ‘उनले भने, ‘संघीय यातायात ऐनमा सबै विषय समावेस गरेर यातायात व्यवसायी मजदुरको हकहितका लागि काम गर्न सरकारले पहल गर्नुपर्छ ।’ पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष महेशराज बोहराले संघीय यातायात ऐन अवागै प्रदेश सरकारले ल्याएका ऐन विवादित रहेको भन्दै सरकारले यस्ता विषयमा चासो राखेर समस्या समाधान गर्नुपर्ने बताए ।

अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रीय सदस्य पदमराज जोशीले मजदुरलाई समाजिक सुरक्षा कोषदेखिका राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित गराएर निजी सवारी साधनका संचालकहरुलाई पोस्ने गरेर ल्याएको ऐन मान्य नहुने बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज