Advertisement

भीमदत्त नगरपालिकाले सञ्चालनमा ल्यायो ‘शव चिस्यान’ सेवा

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले ‘शव चिस्यान’ सेवा सञ्चालनमा ल्याएको छ । विशेष गरी अस्पताल वा घरमा मृत्यु भएका व्यक्तिको शव सुरक्षित राख्न उपयुक्त सुविधा नहुँदा मृतकका आफन्तहरूलाई तत्काल अन्तिम संस्कार गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याईएको हो । नगरपालिकाले यो सेवा निशुल्क प्रदान गर्ने नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताए ।

 

‘शव चिस्यान सुविधा नभएकै कारण धेरै परिवारहरू हतारमा अन्तिम संस्कार गर्न बाध्यता रहेको कुरालाई मध्यनजर गर्दै नगरपालिकाले यो सेवा सञ्चालनमा ल्याएको हो’, नगर प्रमुख बोगटीले भने, ‘हामी चाहन्छौं, मृत्युको क्षण पनि मर्यादित होस् । विशेष गरी रोजगारी वा अन्य कारणले विदेशमा रहेका आफन्तहरू आउन केही दिन लाग्ने अवस्था हुन्छ, यस्तो बेला शव सुरक्षित राख्न सकियोस भन्ने हो, यो सेवा नगरपालिकाले निशुल्क प्रदान गर्ने व्यवस्था मिलाएका छौ ।’

नगर प्रमुख बोगटीका अनुसार यो सेवाका लागि सामान्य जानकारीसहित पालिकामा सम्पर्क गरेपछि तुरुन्तै सेवा उपलब्ध गराइनेछ । यस सेवाबाट विशेष गरी विपन्न, श्रमिक, वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरू लाभान्वित हुनेछन् । शोकमा परेका परिवारको सहनसक्ने क्षमता बृद्धि हुनुका साथै शव व्यवस्थापनको प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउनसमेत यो सेवाले सहायता पुग्ने मेयर बोगटीको दावि छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज